• २० चैत २०८२, शुक्रबार

बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्री जफत

blog

सिमकोट बजारको अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरु नष्ट गर्नु अगाडी देखाईंदै गर्दै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, चैत २० गते । सदरमुकाम रहेको सिमकोट बजारको अनुगमन गर्ने कार्य भएको छ । सो अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामाग्री जफत गरेर नष्ट गरिएको हो । बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामानहरु जफत गरि नष्ट गर्ने कार्य भएको सिमकोट गाउँपालिका राजस्व शाखाका प्रमुख दलजित कार्कीले बताउनुभयो । 

सिमकोट बजारका विभिन्न पसलहरुको अनुगमिन गरिएको थियो । सो क्रममा बिभिन्न् १७ प्रकारका खाद्य तथा जंकफुटहरु बरामद गरिएको र त्यस लगत्तै नष्ट गरिएको उहाँले बताउनुभयो । 

यसरी बरामद गरेर नष्ट गरिएका सामग्रीहरुमा नेपाली कोकाकोला, चाईनिज कोकाकोला, रियल जुस, लिची जुस, भुजा, चोखोपन, चिजवल, विष्कुट, माछा प्याकेट, चटपटे प्याकेट, मिक्स मसला, बिएमबि मसला, चार्ट मम मसला, सेन्चुरी मसला, गम मसला, डाल्मोट र चिल्ली पाउडर रहेका छन् । म्याद गुज्रेका सामान भेटिएका पसलहरुमा सामान जफत गर्नुका साथै चेतवनी समेत दिने कार्य भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताउनुभयो । 

अनुगमन गर्नका लागि सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया, सुरक्षा निकाय लगाएतको सहभागिता रहेको थियो ।