• २० चैत २०८२, शुक्रबार

मोटरसाइकल चोरीमा संलग्न तीन पक्राउ

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत २० गते । सप्तरी प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा १० का १९ वर्षीय शिवनन्दन यादव, वडा नम्बर ४ का १९ वर्षीय सञ्जु यादव र सोही वडाका १९ वर्षीय मो. अफताव  रहनुभएको हो ।

प्रहरीका अनुसार बिहीबार राति राजविराज नगरपालिका वडा नम्बर ३ स्थित पोखरेल टोल जाने बाटोमा स्थानीय लालबाबु ठाकुरको घर अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको थियो। चोरीपछि करिब पाँच सय मिटर टाढा लगेर मोटरसाइकलको तार सर्ट गरी लैजाँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले शङ्का लागि जाँच गर्ने क्रममा तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

पक्राउ परेका उहाँहरूलाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।