• २० चैत २०८२, शुक्रबार

डुडुवा नालामा ट्रस ब्रिज निर्माणको काम सुरु

blog

डुुडुवा नालामा निर्माण हुन लागेको ट्रस ब्रिजको शिलान्यास गर्नुुहुँदै पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत २० गते । बाँकेको डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माणको काम सुरु गरिएको छ । डुडुवा गाउँपालिका-१, टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माण सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमबिच उक्त योजना निर्माणको शिलान्यास गर्नुभयो । अध्यक्ष चौधरीले डुडुवा नालापारीका स्थानीयलाई आवत–जावतमा सहजताका लागि ट्रस ब्रिज निर्माण गर्न लागेको भन्दै वर्षा, बाढी डुबान तथा अन्य समयमा वारपार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले पालिकासँग सीमित साधन स्रोत भएकाले अहिलेलाई यही पुलले राहत दिने भन्दै भविष्यमा ठुलो पुल निर्माणको पहल गर्ने प्रतिबद्धता गर्नुभयो । एक करोड ११ लाख रुपियाँको लागतमा ५७ मिटर लामो पुल लुम्बिनी इन्जिनियरिङ बक्स प्रालिले निर्माणको जिम्मा लिएको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने छ ।

पुलबाट डुडुवा नालापारी चौफेरी, कृषि चौफेरी, छिटाइपुर्वा, पाझा, टेपरी, पिप्रहवा लगायत गाउँका स्थानीयहरू लाम्भाविन्त हुने छन् । बाढी प्रभावित क्षेत्र तथा विकास निर्माणले पछि परेको डुडुवा वडा नम्बर १ लाई पालिकाले विशेष प्राथमिकतासाथ सो क्षेत्रको विकास गर्दैआएको र उक्त क्षेत्रलाई कृषि तथा धार्मिक पर्यटन क्षेत्रको रूपमा गुरुयोजना लागु गरेर कार्य गरिरहेको अध्यक्ष चौधरीले बताउनुभयो ।