तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् ।
आचारसंहिता उल्लङ्घनमा दलको विरोध
मुस्ताङका सात राजनीतिक दलले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन्।
तनहुँमा निर्वाचन लक्षित टोल फ्रि नम्बर सञ्चालन
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबार अर्थात् फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।
बाटो खुलेपछि गाउँ पुगे मतदाता
जाडो छल्न परिवारसँगै काठमाडौँ जानुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ताका छेवाङ गुरुङ सडकमा जमेको बाख्लो हिउँ पन्छाएसँगै मङ्गलबार गाउँ पुगेका छन् । करिब तीन महिना जिल्लाबाहिर बसेका गुरुङले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न गाउँ फर्किएको बताउनुभयो । कठ्याङ्ग्रिँदो चिसोसँगै अन्नबाली थन्काए पशुचौपाया गोठालोलाई जिम्मा लगाएर छिमेकी गाउँ धाकारजुङ झर्नुभएका गोम्बु गुरुङ बाटो खुलेपछि जिप चढेर गाउँ पुगिसक्नुभएको छ ।
दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण
स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले जैमिनी नगरपालिका–३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ। वडा नं. ३ ले आर्थिक वर्ष ०८२/०८३ मा तीन लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरी केन्द्र निर्माण गरेको हो।
स्याङ्जामा कडा सुरक्षा, अतिसंवेदनशील केन्द्र निगरानीमा
स्याङ्जामा बिहीबार (भोलि) हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । जिल्लामा रहेको १९९ मतदान स्थलका ३२२ मतदान केन्द्रमा नै सुरक्षा तथा कर्मचारीहरुको टोलि पुगिसकेको छ ।
कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने
बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ ।
मतदान केन्द्रमा पुगेका कर्मचारी बुथ निर्माणमा व्यस्त
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका कर्मचारी मतदानस्थल निर्माण र व्यवस्थापनमा जुटेका छन् ।
निर्वाचनको तयारीमा जुटे कर्मचारी
यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका सबै मतदानस्थलहरुमा निर्वाचन सामग्री सहित पुगेका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचनको तयारीमा जुटेका छन् ।
बागलुङका ३५ संवेदनशिल मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजबुत
जिल्लाका ३५ वटा संवेदनशिल मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन मजबुत बनाइएको छ ।
तनहुँमा सुरक्षित मतगणना स्थल : आठ केन्द्र 'अति संवेदनशील'
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल निर्माणलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।
बाबुछोराको विवाद: आफ्नै सवारी साधनमा आगो लगाएर फरार
गैँडाकोट नगरपालिका–४, इँटाभट्टा बस्ने ७५ वर्षीय टोपबहादुर थापा र उहाँका ४१ वर्षीय छोरा नारायण थापाबिच घरायसी विषयमा झैंझगडा भएपछि आगजनी भएको प्रहरीले जनाएको छ ।
बागलुङमा तारजाली र सीसीटीभीसहितको मतगणनास्थल तयार
क्षेत्र नं. १ का लागि जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र क्षेत्र नं. २ का लागि ढोरपाटन नगरपालिका–२ बुर्तिबाङस्थित कुथाप्लोमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा मतगणनास्थल निर्माण गरिएको हो ।
लमजुङका मतदान स्थलमा सामग्रीसहित पुगे कर्मचारी
लमजुङमा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री लिएर सबै मतदान केन्द्रमा पुगेका छन् ।
कास्कीमा ३७ कैदीबन्दीले मतदान गर्ने, निर्वाचन तयारी पूरा
प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीमा ३७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन्। मतदाता परिचय पत्र बनाएका र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका यी कैदीबन्दीले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउनेछन्।
स्याङ्जामा तारजालीसहितको मतगणनास्थल तयार
स्याङ्जामा मतगणनास्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि दुई वटै निर्वाचन क्षेत्रमा तारजाली लगाएर स्थल तयार पारिएको हो ।
कोरला नाका ७२ घण्टा बन्द
यही बिहीबार अर्थात् फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरात १२ बजेदेखि लागू हुनेगरी चिनसँग सीमा जोडिएको कोरला नाका बन्द गरिएको छ ।
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपिभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् ।
दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना
रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
पठाइयो निर्वाचन सामग्री
प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङका १३२ मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने ४९ प्रकारका विभिन्न सामग्रीसहित मतपेटिका, मतपत्रसहित कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा जान थालेका छन् ।
निर्वाचन आचारसंहिता पालना गर्न तनहुँ प्रशासनको आग्रह
तनहुँमा यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरिएको छ ।
निर्वाचन सामग्री बोकेर मतदानस्थल पुगे कर्मचारी
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् ।
प्रचारप्रसारमा कडाइ गर्दै प्रशासन
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
तराईका जिल्लामा आज होली मनाइँदै
रङहरूको पर्व होली मङ्गलबार तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।