पिएनमा स्ववियु निर्वाचन आइतबार
मतपत्र त्रुटिका कारण रोकिएको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आइतबार हुने भएको छ ।
पृथ्वी राजमार्ग : पूर्वी खण्डको प्रगति एकासी प्रतिशत
मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी भएको छ ।
पन्चैबाजा संरक्षणमा महिला
नेपाली संस्कृतिको पहिचानका रूपमा रहेको पन्चैबाजाको प्रयोग बिस्तारै कम हुँदै गएको छ । बाह्य संस्कृति हाबी हुँदै जाँदा पञ्चैबाजाको प्रयोगमा कमी आएको देखिन्छ । स्याङ्जाको भिरकोट नगरपालिका–६, एकुवारका महिला समूह भने लोपोन्मुख बाजाको संरक्षणमा जुटेका छन् ।
शिशुकक्षा पढ्छन् किशोरकिशोरी
पोखराको विजयपुर बस्ने २० वर्षीया सुस्मिता पौडेल जसोतसो आफैं खाना खानुहुन्छ, शौचालय जानुहुन्छ। भाइबहिनी विश्वविद्यालय पढ्न जाँदा सुस्मितालाई भने नुहाइधुवाई अरुले नै गरिदिनुपर्छ।
पृथ्वी राजमार्गको अवरोध हट्यो
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा खण्डको विस्तारको काम तीव्ररुपमा भइरहेको छ ।
दुलेगौडा–हर्कपुर मोटरमार्गको काम धमाधम
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत दुलेगौँडा–हर्कपुर मोटरमार्गको स्तरोन्नतीको कामले तीब्रता पाएको छ । शुक्लागण्डकी नगरपालिकाले निर्माणको काम चाँडै सम्पन्न गर्न दबाब दिएपछि अलपत्र पारेर छाडेको निर्माण कम्पनी हाल काममा फर्किएर तदारुकतासाथ काममा फर्किएको छ ।
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
विहादी गाउँपालिका-२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको छ । विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।
मुस्ताङको थासाङबाट देखिएको धौलागिरि
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका क्षेत्र । विशेषगरी यो स्थान हिमपहिरो (खटी) जाने प्रमुख क्षेत्र मानिन्छ । गत साल यहीँ मानापाथी पिकबाट हिमपहिरो जाँदा बोक्सीखोला बजारबासी प्रभावित बनेको थियो ।
लागू औषधसहित तीन जना पक्राउ
पक्राउ पर्नेमा म्याग्दी स्थाइ घर भएर हाल कास्की पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने वर्ष २६ की एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ्रे गाउँपालिका– ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङ रहेका प्रहरीले जनाएको छ।
गुलावी सहर वालिङ
गुलावी शहर (पिङ्क सिटी) को पहिचान बनाएको स्याङ्जाको वालिङ बजार, यहाँका अधिकांस घरमा पिङ्क रङ्ग लगाइएको छ । बजार नजिकैबाट बग्ने आँधीखोलाले यहाँको छुट्टै पहिचान बनाएको छ । वालिङको पर्यटकीय क्षेत्र बाहुनथानबाट देखिएको दृष्य ।
कमल दहबाट कमलको जरा निकालिँदै
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय ।
माझी बस्तीमा आएको परिवर्तन : ‘उमेर ढल्केपछि आए सुखका दिन’
स्याङ्जाको गल्याङ नगरपालिका–९ साखरका हरिबहादुर माझी आँखै अगाडि घरगाउँमा भएको परिवर्तन देखेर अचम्म हुनुहुन्छ । उमेरले ७० काटिसक्नु भएका हरिबहादुर पछिल्लो केही बर्षमा देखिएको परिवर्तनले उत्साहित हुनु भएको हो ।
पृथ्वीराज मार्गको अवरोध हट्यो
अमरराज नहर्कीतनहुँ, चैत्र ८ गते । राजमार्ग विस्तारको क्रममा पृथ्वीराज मार्गमा भएको एक महिना सम्मको आंशिक अवरोध हटेको छ । विस्तारको क्रममा रहेको पृथ्वीराज मार्गको मुग्लिङ–पोखरा अन्तर्गतको पूर्वी खण्डमा भएको अवरोध शुक्रवारबाट हटेको हो । यातायात अवरोध हुँदा यात्रुलाई सास्ती भएको थियो ।राजमार्ग विस्तारको कामको लागि तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द भएको थियो । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन एक महिना सम्मको लागि यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म पाँच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न गरिएको थियो ।उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिएकोमा सो अवरोध हटेको मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । निर्माणको काम भने जारी रहेकोले आंशिक रूपमा करिब १५ मिनेट सम्म अवरोध हुन सक्ने उहाँले जानकारी दिनुभयो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु। छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
कालीगण्डकी कोरिडोरः नौ किलोमिटर कालोपत्र
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ ।
कावासोतीको फोहोर व्यवस्थापन गर्न माग
नवलपुर सदरमुकाम कावासोतीमा एक महिनादेखि फोहोर नउठेपछि तत्काल त्यसको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कावासोती नगर समितिले नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
बाढी सूचनाले सुरक्षित तालगाउँबासी
नवीनराज कुइँकेललमजुङ, चैत ८ गते । तीन वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा भयो । वर्षासँगको बाढीले मर्स्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीको वेगमा बगे, कैयौँलाई उठिबास लगायो । बाढीको चपेटामा परेका गाउँले लामो समयसम्म पालमुनि बस्न बाध्य भए । बाढीको मारमा सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँका बासिन्दा परेका थिए । ताल गाउँमा ४३ घर छन् । मर्स्याङ्दी नदी किनारसँगको बस्ती ताल गाउँका अधिक घरमा बाढी पसेको थियो । पटक पटक बाढीको चपेटामा परेर लाखौँको धनमाल गुमाएका तालगाउँबासीले भने अब विपद् आउनु पूर्व नै सूचना पाउने भएका छन् । मर्स्याङ्दी नदी तटमा अवस्थित ताल गाउँलाई प्राकृतिक विपद्बाट बच्न साइरन जडान गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसीएस) ले २६ लाख रुपैयाँको लागतमा साइरन जडान गरिदिएपछि ताल गाउँवासी खुसी भएका छन् । नासों गाउँपालिका–१ का अध्यक्ष मिनराशी गुरुङले साइरन जडानपछि बर्सातको समयमा गाउँलेहरू ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।लमजुङसँग सीमा जोडिएको ताल गाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार नासों गाउँपालिका–८ को धारा पानीमा राखिएको एक यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्ने छ । स्वचालित सो यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताउनुभयो ।साइरन ताल गाउँभर सुनिने गरि राखिएको छ । साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट जाने प्रबन्ध समेत गरिएको छ । कथम् कदाचित लाइन गएको, नेट नचलेको स्थिति भएमा पनि कटुवालमार्फत त्यो खतराको खबर गाउँलेले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिनुभयो ।सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्ने गरी स्थानीय गाउँमा रहेको मर्स्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि त्यो ठाउँमा पानी सतह पुग्न सकेको थिएन । साइरन जडानपछि स्थानीय जन प्रतिनिधिहरू, आमा समूह, युवा क्लबका पदाधिकारीहरू, प्रहरी र स्वास्थ्य चौकी तथा गाउँका बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको थियो ।
विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क लिन प्रतिबन्ध
तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । भर्नाको नाममा चरम रकम असुली गरिरहेको गुनासो पुगेपछि गाउँपालिकाले त्यस्ता कार्य गर्ने, गराउने संस्थालाई तत्काल कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको हो ।
कुलपतिका लागि सात जनाको दरखास्त
गण्डकी विश्वविद्यालयको कुलपति पदका लागि सात जनाको आवेदन परेको छ । आवेदन दिनेमा प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा. कृष्णप्रसाद अधिकारी, प्राडा कुस्माकर न्यौपाने, प्राडा इन्द्रप्रसाद तिवारी र प्राडा सरोज कोइराला हुनुहुन्छ ।
एसइई पास गर्ने आमाहरूको रहर
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५१ वर्षीय शर्मिला पुन सहभागी हुनुहुन्छ ।
मङ्गला गाउँपालिमा छ गौरवका योजना
मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो ।
दुर्घटनामा दुईको मृत्यु ,चार जना घाइते
साधन घर्ती म्याग्दी (दरबाङ) , चैत ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब पाँच बजेको समयमा ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय देविन बिक (वर्ष १८) र पूर्णलाल रसाइली (वर्ष २१)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । चार जना घाइते मध्ये दुई जना स्थानीय कविराज बिक र कमल बिक रहेका छन् भने अन्य मालिका गाउँपालिका–६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४,किस्मत बिक रहनुभएको वडा अध्यक्ष अकप्रसाद विकले जानकारी दिनुभयो । घाइते चार जनाको लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि बेनी पठाइएको वडा अध्यक्ष विकले जानकारी दिनुभयो । चार जना घाइते मध्ये एक जनालाई थप उपचारको लागि पोखराको मणि पाल पठाइएको छ । अन्य तीन जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।घाइते मध्ये केहीको स्वास्थ्य अवस्था मध्यम र केहीको सामान्य रहेको छ ।सडकबाट करिब डेढ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको थियो । वडा अध्यक्ष बिकका अनुसार,केही जङ्गलमा घुमेर र केही सडक ढलान योजनाको काम गरेर फर्किदैं थिए । सोही गाउँपालिका–७,ताकमका २७ वर्षिय राजकुमार सुनारले चलाएको उक्त ट्याक्टरमा सात जना सवार रहेका थिए । ट्याक्टर दुर्घटनाबारे अनुसन्धान सुरु भएको जिप्रका म्याग्दीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी ताकमबाट प्रहरी साँझ घटनास्थलमा पुगेका थिए । स्थानीय जनप्रतिनिधि ,स्थानीयवासी उद्धारमा खटिएका थिए । लुलाङ दुर्गम गाउँ हो । लुलाङबाट सदरमुकाम बेनी आउन सवारी साधन मार्फत करिब साढे चार घण्टाको समय लाग्दछ ।
जोमसोम बजार
मुस्ताङ, चैत ८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–४ पक्की पुलबाट देखिएका कालीगण्डकी नदी माथि पुनःनिर्माण पछिको व्यवस्थित काठेपुलसँगै जोमसोम बजार, हिउँसहितको धौलागिरि र निलगिरि हिमाल । तस्बिरः रासस
वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला
मकवापुर, चैत ८ गते । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उहाँहरूले खेती गर्नुभएको हो । पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ । आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन् । आफ्नो जमिन नभएकी दलित समुदायकी चम्पामाया परियारले खेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया बिहान सबेरै घरको काम सकेर गोठका गाईवस्तुलाई घाँस पराल दिन सामुदायिक वनभित्रको हाइटेन्सनमुनि पुग्नुहुन्छ । जडीबुटी आयआर्जन समूह नै बनाएर उक्त समूहका सदस्यसहित गरिएको खेतीले उहाँलाई आत्मसन्तुष्टिसँगै आर्यआर्जनका लागि बाटो बनाइदिएको उहाँ बताउनुहुन्छ । घरमा पालिएका गाईबाख्रालाई पनि जडीबुटीखेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गर्नुहुन्छ । आयआर्जनका मुख्यस्रोत जडीबुटीखेती बनाउन कम्मर कसेर लाग्नुभएकी परियारलाई सामुदायिक वनको हाइटेन्सनमुनि गरिएको जडीबुटी र घाँसपातसँगको लगाव र झुकावले घर बस्नै नसक्ने बनाएको छ ।नौ वर्षअघिदेखि वनस्पति कार्यालयबाट उपलब्ध गराइएकोे सर्पगन्धाबाट सुरु गरिएको खेती पछि गएर उहाँले समूहसँग मिलेर बेसार र अदुवाखेतीको पनि विस्तार गर्नुभएको छ । उहाँहरूले उत्पादन गरेको जडीबुटी, अदुवा, बेसार बिक्री गर्न खासै समस्या नभए पनि बीउपुँजी बढाउन पाए हुने भन्ने उहाँलाई लागेको छ । पानी पर्दा ओत लाग्न र खेतीलाई अस्थायी रूपमा भित्र्याउन खेती भइरहेको स्थानमा नै टहरा निर्माण गर्नुभएको छ । उक्त टहरा निर्माणका लागि बागमती प्रदेशसभा सदस्य भारती पाठकको आर्थिक सहयोग, समूहको श्रमदानबाट सम्भव भएको चम्पामायाको भनाइ छ । चम्पामायालाई अहिलेको समूहकी अध्यक्ष चम्पा बन्नका लागि निकै सङ्घर्ष गर्नुपरेको थियो । सानो उमेरमा दमाई भनेर हेपिनुभएकी उहाँ अहिले समुदायकै प्रेरणा बन्नुभएको छ । समूहमा लागेर साधारण लेखपढ गर्न, बोल्न र नेतृत्व विकास गर्नुभएकी उहाँको जीवन अहिले जति सुन्दर देखिन्छ उहाँले भोग्नुभएको दुःखको कथा पनि त्यत्तिकै कहालीलाग्दो छ । सानो छँदा उहाँलाई हेप्नेमात्र होइन, नागरिकता बनाउँदा पनि उहाँको थर दमाई लेखिएको सम्झँदै तत्कालीन नागरिकता वितरण गर्ने अधिकारीप्रति आक्रोश पोख्नुभयो । उहाँको मात्र होइन, उहाँका श्रीमान्को नागरिकतामा पनि थर दमाई उल्लेख गरिएको छ । सोही कारण आफ्ना छोराछोरीको नागरिकतामा पनि दमाई लेखिएको बताउँदै उक्त कारणले छोराछोरीमा हीनताबोध गराएको उहाँ सुनाउनुहुन्छ ।उक्त क्षेत्रका महिलाको आदर्श बन्नुभएकी उहाँले यही समाजमा रहन बस्न निकै सङ्घर्ष गर्नुपरेको सम्झनुहुन्छ । मकवानपुरको मकरीमा जन्मनुभएकी परियारको पारिवारिक तथा पुख्र्यौली काम भनेको कपडा सिलाउनु थियो । तर अन्य समुदायमा छोराछोरीबीच विभेद भएजस्तै उहाँको घरमा पनि उहाँलाई खाना बनाउन सिकाइन्थ्यो भने उहाँका दाजुभाइलाई कपडा सिलाउन सिकाउने गरेको उहाँ सम्झनुहुन्छ । खेत जोत्ने, किसानी गर्ने परिवारमा विवाह भएर गएपछि खेत जोत्ने, वन जाने, मेला जाने मेरो दैनिकी नै भयो । त्यही क्रममा गर्भवती हुँदा समेत रूखबाट लडेर थला परेँ, छोरासमेत गुमाएको उहाँले बताउनुभयो ।मकवानपुरको सरिखेतबाट मनहरीमा बसाइँ सरेर आएपछि उहाँ अनेमसङ्घमा आबद्ध हुनुभयो । उहाँले सोही समयबाट प्रौढ शिक्षा पढेर साधारण लेखपढ गर्न जान्ने भएको बताउनुभयो । सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटामा प्रवेश गरेको भए पनि दलित भनेर दयाको आधारमा सीमित हुन नचाहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दलित त मलाई समुदायले बनाएको हो म के बन्ने भन्ने त मेरो निर्णय हो जस्तो लाग्यो, त्यसपछि सिक्ने र गर्ने काम केही छोडिनँ । बोल्ने र काम गर्ने आँट भने यो सामुदायिक वनको सदस्य भएपछि बन्यो ।”बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेको चम्पामायाको भनाइ छ । सामुदायिक वनले जीवन फेरिएको उदाहरण आफ्नो समूह रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “खेती गरौँ जमिन छैन, अरू काम गर्न लगानी छैन, यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो कार्यक्रमले हामीलाई परिवर्तन नै गरिदिएको छ ।” सानो लगानीबाट बाख्रापालन सुरू गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उहाँको भनाइ छ ।हाल सामुदायिक वनले ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम ल्याएको छभने यस कार्यक्रमले आफूहरूलाई जीवन निर्वाहका लागि निकै मद्दत पुगेको चम्पामायाको धारणा छ । पशुपति सामुदायिक वनमा जडीबुटी, डिपाट सामुदायिक वनमा प्राङ्गारिक मल र तेजपत्ता, सुनाचुरी सामुदायिक वनमा तेजपत्ता र कागतीखेती गरेर महिलाहरूले वनलाई आर्थिक स्रोतको माध्यम बनाइरहेका छन् ।
महोत्सवमा पाँच देशका नाटक
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैत ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।