• ७ कात्तिक २०८२, शुक्रबार

हराएको १३ दिनपछि बालिकाको शव जङ्गलमा भेटियो

blog

बालिकाको शव भेटिएको स्थानमा पुगेको प्रहरी ।

शशिधर पराजुली

विराटनगर, कात्तिक ७ गते। असोज २१ गते घरबाट हराएकी मोरङको लेटाङ नगरपालिकाकी बालिका अंशु गौतमको शव १३ दिनपछि शुक्रबार जङ्गलमा भेटिएको छ।

लेटाङ नगरपालिका–२ की गौतमको शव चिसाङ साझेदारी वनमा फेला परेको हो। 

घाँस काट्न जङ्गल गएका स्थानीयवासीले वनभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जङ्गलमा शव भएको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय लेटाङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। 

घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली पुगेर अनुसन्धान सुरु गरेको हो।

अचानक घरबाट हराएपछि अंशुको खोजी गर्दै परिवारले विभिन्न ठाउँमा र माध्यमबाट सूचना गरेका थिए। घटनास्थलको अवस्था हेर्दा उनको हत्या भएको आशंका गरिएको छ। प्रहरीले घटनास्थल वरिपरि सुरक्षा घेराबन्दी गरी अनुसन्धान गरिरहेको छ भने भइरहेको र शव पोस्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ।