‘ब्यापारमा रमाउँदा माइनस तापक्रमले छोएन’
लोमान्थाङ गाउँपालिका –२, छोसेरकी कुन्साङ गुरूङले दुई महिना अगाडि तीन लाखको लगानी कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार सुरू गर्नुभएको छ ।
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय सङ्कटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ।
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते
गोरखामा बस दुर्घटना हुदाँ २१ जना घाइते भएका छन्। गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको मिनिबस गोरखा नगरपालिका–११ बाह्रकिलोमा दुर्घटना हुदाँ २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
मल्कवाङमा पहिलोपटक बस पुग्यो
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।
हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् ।
चिसोमा हिमालयन ग्रिफनलाई निकै कष्टकर
प्रकृतिका कुचिकारका रूपमा चिनिने सङ्कटापन्न अवस्थामा रहेका हिमालयन ग्रिफन जाडोयाममा बासस्थान र आहाराको खोजीमा बसाइँसराई गर्छन् ।
उपन्यास ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति ‘विविशारा” को विमर्श एवम् सिर्जना वाचन गरिएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा औपन्यासिक कृतिको विमर्श एवम् सिर्जना वाचन गरिएको हो ।
अव्यवस्थित तार १५ दिनभित्र हटाउन गल्याङ नगरपालिकाको निर्देशन
स्याङ्जाको गल्याङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । गल्याङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले १५ दिन भित्र हटाउन र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
तनहुँमा राष्ट्रिय परिचयपत्र सेवा पूर्ववत् समयमा
जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र सेवा अब आइतबारदेखि पुनः पूर्ववत् कार्यालय समयमा सञ्चालन भएको छ ।
रणनीतिक सडकलाई छैन बजेट
बजेट अभावमा एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं. १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं. २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो । अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको छ । उक्त खण्ड निर्माण सम्झौता गरेका ठेकेदारले समयमा रकम भुक्तानी नपाएपछि काम अलपत्र भएको थियो ।
मनासलु पदमार्ग मर्मतसम्भार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका लोक्पाथाङाको मनासलु पदमार्ग मर्मत कार्य सम्पन्न भएको छ । चुमनुब्री गाउँपालिका, मनासलु संरक्षण क्षेत्र, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रिय सहभागितामा लोक्पाथाङाबाट बाजेखोलासम्मको मनासलु पदमार्ग निर्माण समपन्न भएको हो ।
करिडोरको बागलुङ खण्ड : तीन वर्षमा ६५ प्रतिशत प्रगति
कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । कालीगण्डकी करिडोरको बागलुङ स्थित मालढुङ्गा बलेवा खण्डले बल्ल गति लिएको छ ।
एमाले गोरखाबाट ११ औँ महाधिवेशनका लागि नौ जना प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिबेशनका लागि गोरखाबाट महाधिवेशन प्रतिनिधि नौ जना छनोट भएका छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनका लागि गोरखामा शनिबार भएको मतदानबाट प्रतिनिधि चयन गरिएको हो
मोफसलको प्रतिष्ठित ‘मेयर कप’ फुटबल आजदेखि
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा लिइने ‘मेयर कप’ फुटबलको तेस्रो संस्करण आइतबारदेखि बाङेचौर खेलमैदानमा सुरु हुँदैछ ।
जेसीज कप फुटबलको उपाधी केबी एकेडेमीलाई
म्याग्दीको बेनीमा शनिबार सम्पन्न भएको २३ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधी पहिलो पटक केबी एकेडेमीले जितेको छ ।
आदिवासी महासङ्घ तनहुँ अध्यक्षमा तामाङ
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको ७ औँ अधिवेशनले सनम तामाङलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।
विद्यार्थीलाई पोशाक वितरण
अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा ३२२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
माछापुच्छ्रे फेदीमा दाइँ महोत्सव (फोटो फिचर)
चाडपर्व, जात्रा र विभिन्न मौसमलाई समेत महोत्सवको रूपमा मनाउँदै आएको पर्यटन नगरी पोखरामा शनिबार दाइँ महोत्सव भएको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा रहेको पोखरा १९, पुरुञ्चौरको चुरुङ्गा फाँटमा दोस्रो दाइँ महोत्सव भएको हो ।
सत्ताइस महिनादेखि सम्पर्कविहीन वडाध्यक्ष
स्वास्थ्य उपचार गराउने भनी घरबाहिर हिड्नु भएका वडाध्यक्ष २७ महिनादेखि सम्पर्कबाहिर रहनुभएको छ । पुतलीबजार नगरपालिका –४ का वडा अध्यक्ष शिवबहादुर थापा सम्पर्क बाहिर रहनुभएको हो ।
पृथ्वीराजमार्ग पश्चिम खण्डमा एघार पुल निर्माण
पोखरा-मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।
मुस्ताङमा रेस्टुरेन्टबाट १२ जना जुवाडे नगदसहित पक्राउ
मुस्ताङको घरपझोङ गाउँपालिका—४, जोमसोमको एक रेस्टुरेन्टबाट प्रहरीले १२ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
मनास्लु संरक्षण क्षेत्रमा प्रवेश शुल्कबाट उठ्यो दुई करोड बढी राजस्व
उत्तरी गोरखाको विश्वप्रसिद्ध हिमाली गन्तव्य मनास्लु संरक्षण क्षेत्रले चालु आर्थिक वर्षको पहिलो चौमासिकमै प्रवेश शुल्कबाट दुई करोड २७ लाख ९६ हजार ९७० रुपियाँ राजस्व उठाएको छ ।
गोरखामा स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण
गोरखाको शहीद लखन गाउँपालिका–७, बुङकोटमा महिला स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण भएको छ ।
गलकोटमा ४० जना मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया
बागलुङको गलकोटमा निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविर समापन कार्यक्रम सम्पन्न भएको छ ।