• २३ असोज २०८२, बिहिबार

कारागार फर्कने समय सकिँदा पनि २८७ कैदी फर्केनन्

blog

सन्तोष सुवेदी

कास्की, असोज २३ गते । कास्की कारागारबाट भागेकामध्ये अझै २ सय ८७ जना कैदीबन्दी फर्केका छैनन् । कारागारका प्रमुख राजेन्द्र शर्माले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका ७ सय ७३ कैदीबन्दीमध्ये अझै २ सय ८७ जना फरार रहेको जानकारी दिनुभयो ।

कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले असोज २० गतेसम्म कारागार फर्कन समय दिइएको थियो । तर तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी प्रहरीले गरिरहेको जनाएको छ । 

उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारका अधिकारीले जनाएका छन् । शर्माका अनुसार कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन् । केहीलाई भाग्ने क्रममा विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ ।