अर्जुन काफ्ले
स्याङ्जा, असोज २३ गते । कालीगण्डकी गाउँपालिका–२ मा आलमदेवी बहुउद्येसीय ग्रामिण सेवा परिवारले आयोजित खुलावडा स्तरीय भलिबलको उपाधि गल्याङ–७ ले जितेको छ ।
गण्डकी प्रदेश भलिबल टिमका क्याप्टेन सन्जु विक्रम शाहीको कप्तानीको गल्याङ टिमले वालिङ–१२ लाई २५–१४, २५–२०, २५–२० को सोझो सेटमा पराजित गरेको हो ।
गल्याङ–७ ले उपाधिसहित एक ५५ हजार, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेतामा वालिङ–१२ ले ८० हजार, कप, पदक र प्रमाणपत्र पायो ।
प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडी हिमाल सुनारी सहभागी आयोजक तृतियले ४० हजार र सान्त्वना कालीगण्डकी–३ ले २० हजार रुपियाँ पाएको हो ।
प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडी सञ्जु विक्रम शाही, उत्कृष्ठ सेटर देवेन्द्र परियार, लिब्रो राजन दर्लामी, सेटर देवेन्द्र परियार, स्पाइकर उमेश सेन्चुरी, ब्लकर दिपसन ठकुरी, राइजिङ प्लेयर असीम राना घोषित हुनुभयो ।
असोज १७ गतेबाट सुरु भएको प्रतियोगतामा स्याङ्जा र पर्वतका आठ टिमको सहभागिता थियो ।