सत्ताइस महिनादेखि सम्पर्कविहीन वडाध्यक्ष
स्वास्थ्य उपचार गराउने भनी घरबाहिर हिड्नु भएका वडाध्यक्ष २७ महिनादेखि सम्पर्कबाहिर रहनुभएको छ । पुतलीबजार नगरपालिका –४ का वडा अध्यक्ष शिवबहादुर थापा सम्पर्क बाहिर रहनुभएको हो ।
पृथ्वीराजमार्ग पश्चिम खण्डमा एघार पुल निर्माण
पोखरा-मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।
मुस्ताङमा रेस्टुरेन्टबाट १२ जना जुवाडे नगदसहित पक्राउ
मुस्ताङको घरपझोङ गाउँपालिका—४, जोमसोमको एक रेस्टुरेन्टबाट प्रहरीले १२ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
मनास्लु संरक्षण क्षेत्रमा प्रवेश शुल्कबाट उठ्यो दुई करोड बढी राजस्व
उत्तरी गोरखाको विश्वप्रसिद्ध हिमाली गन्तव्य मनास्लु संरक्षण क्षेत्रले चालु आर्थिक वर्षको पहिलो चौमासिकमै प्रवेश शुल्कबाट दुई करोड २७ लाख ९६ हजार ९७० रुपियाँ राजस्व उठाएको छ ।
गोरखामा स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण
गोरखाको शहीद लखन गाउँपालिका–७, बुङकोटमा महिला स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण भएको छ ।
गलकोटमा ४० जना मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया
बागलुङको गलकोटमा निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविर समापन कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं महाधिवेशनका लागि बागलुङले सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । बागलुङको सङ्घीय निर्वाचन क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ४ जना र दलित कलष्टरबाट १ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको हो ।
एमाले तनहुँमा आज निर्वाचन : १२ सिटका लागि ६२ उम्मेदवारको प्रतिस्पर्धा
कपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँमा प्रतिनिधि छनोट प्रक्रिया निकै प्रतिस्पर्धात्मक बनेको छ । मनोनयन दर्ता भइसके पनि एकजनाले समेत नाम फिर्ता नलिएपछि शनिबार निर्वाचन हुने भएको हो ।
गलकोटको नरेठाँटी–दुदिलाभाटी सडक कालोपत्रको तयारी
पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नं. २ को नरेठाँटी बजारदेखि वडा नं. १ को कार्यालय दुदिलाभाटी जाने सडक कालोपत्र हुने भएको छ ।
तनहुँमा दुई वटा कार्यालयको एकीकृत सेवा सुरु
गण्डकी प्रदेश सरकार अन्तर्गत तनहुँका दुईवटा कार्यालयको एकीकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकीकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयको एकीकृत सेवा सुरु भएको हो ।
तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै
एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन ।
मन्त्री घिसिङलाई गलकोट र ताराखोलावासीले गराए ध्यानाकर्षण
बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गर्दै आएका नागरिकहरुले गलकोट र ताराखोलाका विभिन्न समसामयिक विषयमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाइ एवम् सहरी विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन् ।
स्याङ्जा एमाले : ८४ जनाबाट सर्वसम्मत छानिए १५ जना
काठमाडौँमा मङ्सिरको अन्तिम साता हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ ।
बेनी सामुदायिक र केबि एकेडेमी जेसीजकपको फाइनलमा
बेनी नगरपालिका ७ मा रहेको बेनी सामुदायिक मावि र मालिका गाउँपालिका ६ दरवाङको केबि एकेडेमी म्याग्दी सदरमुकाम बेनीमा जारी २३ औँ अन्तर मावि. जेसीजकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना फरार प्रतिवादीलाई ३८ वर्षपछि पक्राउ गरेको छ ।
मालढुङ्गा–बेनी सडक कालोपत्र हुँदा स्थानीय खुसी
राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरको माथिल्लो खण्डमा पर्ने मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मालढुङ्गा–बेनी खण्डमा सडक कालोपत्र गर्ने योजना सम्पन्न हुनथालेपछि स्थानीयहरु खुसी भएका छन् ।
एमाले महाधिवेशन प्रतिनिधिमा पौडेल सर्वसम्मत चयन
यही मङ्सिरको अन्तिम साता काठमाडौंमा हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट युवा नेता प्रकाश पौडेल सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ।
बेनी–पाखापानी सडकमा कालोपत्र सुरु
सदरमुकाम बेनीसँग ग्रामीण भेग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी नगरपालिका –९ किरोखोरदेखि नेप्टेचौर खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ ।
हिउँ चितुवा खोज्न जडान गरिए १५ वटा क्यामेरा
मुस्ताङमा हिमालको रानीको नामले चिनिने ‘हिउँ चितुवाको सङ्ख्या र अवस्था बारेमा सर्वेक्षण सुरू गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा १५ वटा क्यामेरा जडान गरी बासस्थान, आहारा तथा संख्याको खोजी सुरू गरेको हो ।
गोरखामा सुन्तला खोज्दै व्यापारी बारीमा
सुन्तलाका लागि प्रख्यात जिल्ला भनेर चिनिएको गोरखामा सुन्तला पाक्ने मौसम सुरु भएसँगै खरीद बिक्रीमा सक्रियता बढेको छ ।
म्याद सकिनै लाग्दा तिस प्रतिशत काम
गोरखाको महत्वपूर्ण ग्रामीण पूर्वाधार मानिने अबुवाँ–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे कामको म्याद सकिनै लाग्दा जम्मा ३० प्रतिशत काम भएको छ । तीन वर्षअघि सम्झौता भए पनि ठेकेदारले निर्धारित समयमा काम अघि नबढाउँदा सडक कालोपत्रेको काम ३० प्रतिशत मात्र भएको हो ।
विदेश छाडेर गाउँघरमा खेतीपाती
म्याग्दीको मङ्गला गाउँपालिका, सिमका ध्रुवकुमार खत्रीले यस पटक १२० मुरी धान भित्र्याउनुभयो । करिब तीन सय वर्ष पुरानो घरको तल्लो तलामा छ वटा ठुला भकारी धानले टम्म भरिएका उहाँले बताउनुभयो ।
आजदेखि पृथ्वीराजमार्ग पूर्ण रूपमा खुला : स्तरोन्नति कार्यसँगै यात्रा सहज
पृथ्वीराजमार्गअन्तर्गत विजयपुरखोलामा निर्माणाधीन पुलमा चलिरहेको बिम राख्ने ‘ग्रीडर लन्चिङ’ कार्य सकिएसँगै आजदेखि मुग्लिन–पोखरा खण्डमा कुनै पनि प्रकारको यातायात अवरोध हटेको छ ।
सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका
नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो ।