मुस्ताङका दुई मतदान केन्द्रमा सतप्रतिशत महिला कर्मचारी
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको दुई मतदान केन्द्रमा मतदान अधिकृतसहित सतप्रतिशत महिला कर्मचारी खटिाइएको छ ।
दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या
म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ ।
निर्वाचन आचारसंहिता पालना प्रभावकारी
कास्कीमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै आचारसंहिता उल्लङ्घनसम्बन्धी हालसम्म लिखित उजुरी परेको छैन । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले हालसम्म आचारसंहिता उल्लङ्घनका घटनामा लिखित उजुरी नपरेको जानकारी दिनुभयो ।
ताराखोलामा उच्चस्तरीय निर्वाचन सुरक्षासम्बन्धी अन्तरक्रिया
बागलुङको ताराखोला गाउँपालिकामा उच्चस्तरीय निर्वाचन सुरक्षासम्बन्धी अन्तरक्रिया गरिएको छ ।
मदिराजन्य पदार्थको बिक्रीमा रोक
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा गएरातिबाट मदिराजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा रोक लगाइएको छ ।
कानुन सुधारबिना सडक समस्या समाधान हुँदैन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक निर्माणमा हुने ढिलासुस्ती समाधानका लागि ठेकेदारलाई झुण्ड्याउनेजस्ता उग्र अभिव्यक्तिभन्दा कानुनी र नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ।
वालिङ अस्पताललाई आधुनिक शव फ्रिज हस्तान्तरण
स्याङ्जाको वालिङमा रहेको गह्रौं प्रथामिक अस्पताललाई मृतदेह संरक्षण फ्रिज अर्थात मोरटुअरी रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ ।
नवलपरासी कारागारबाट भागेका १८० कैदीबन्दी अझै फरार
पश्चिम नवलपरासी कारागारबाट भागेका १८० जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्। गत भदौ २३ र २४ गते भएको कैदीबन्दी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै भदौ २६ गते बिहान कारागारबाट भागेकामध्ये ३० महिला र १५० पुरुष अझै फरार छन्।
भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली आयोग बनाउँछौँ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ।
तनहुँमा ४४ औँ राष्ट्रिय मगर एकता दिवसको उल्लास : पहिचान र संस्कृति संरक्षणमा जोड
तनहुँका मगर समुदायको ‘४४ औँ राष्ट्रिय मगर एकता दिवस’ शुक्रबार तनहुँको सदरमुकाम दमौलीलगायत जिल्लाभर विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएका छन् ।
बागलुङमा मगर एकता दिवस मनाइयो
जिल्लाका मगर समुदायले शुक्रबार ४४ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन्
आफैंलाई उम्मेदवार मानेर मत माग्न सभापति थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई आफैँलाई उम्मेदवार ठानेर आम नागरिकसँग मत माग्न आग्रह गर्नुभएको छ।
ताल र पृष्ठभूमिमा हिमाल
मनाङ ङिस्याङ गाउँपालिका-१ स्थित पिसाङमा अवस्थित ग्रिनलेक (हरियो ताल) र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल ।
निर्वाचनमा हिमाली क्षेत्रमा जाने कर्मचारीका लागि ‘पोर्टेबल अक्सिजन क्यान’ र औषधीको व्यवस्था
गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा रहेका जिल्ला म्याग्दी, गोरखा, मनाङ र मुस्ताङमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई ‘पोर्टेबल अक्सिजन क्यान’ तथा ‘अल्टिच्युड सिकनेस’ सम्बन्धी औषधिको व्यवस्था गरिने भएको छ ।
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ ।
कास्कीमा निर्वाचन आचारसंहिताको पालना प्रभावकारी
कास्की जिल्लामा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै उल्लङ्घनसम्बन्धी लिखित उजुरी शून्य रहेको पाइएको छ ।
स्याङ्जामा ३८ महिला मतदान अधिकृत
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा ३८ जना महिलाले मतदान अधिकृतको कमाण्ड समाल्ने भएका छन् ।
शुक्रबार रातिबाट मदिरा निषेध
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी कास्कीमा शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार र सेवन निषेध गरिएको छ ।
मुस्ताङको साङ्ता गाउँ जाने सडकमा चट्टान बनेको हिउँ फोड्ने प्रयास जारी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५,साङ्ता गाउँ जोड्ने सडकमै चिसोले करिब १२ फिट अग्लो चट्टान बनेको हिउँ पन्छाउन हम्मेहम्मे परेको छ ।
निर्वाचनको तयारी पूरा, नियुक्तिपत्र वितरण सुरु
प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीमा सम्पूर्ण तयारी पूरा भएर निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्तीपत्र वितरण सुरु भएको छ ।
प्रकाश ज्योतिमा आधुनिक जलवायु मापन केन्द्र स्थापना
मनाङको नासोँ गाउँपालिका–५, थोँचेमा रहेको प्रकाशज्योति उमाविमा वातावरणीय अध्ययन तथा वैज्ञानिक अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रमा ‘सटडाउन, मर्मत कार्य जारी
तनहुँको आँबुखैरेनी गाँउपालिका–४, मर्स्याङ्दी जलविद्युत केन्द्रले आफ्नो उत्पादन क्षमता र संरचनाको दिगोपनका लागि ‘प्लान्ट सटडाउन’ लिएर व्यापक मर्मत सम्भार सुरु गरेको छ । फागुन २ गतेदेखि २१ दिनको लागि सुरु गरिएको केन्द्रले जनाएको छ ।
लमजुङका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्रै
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लमजुङका दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने भएका छन् ।
कांग्रेस नयाँ नेतृत्वसहितको पार्टी हो : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछिका सबैभन्दा बदलिएर, नयाँ र युवा नेतृत्वसहित आएको पार्टी कांग्रेस मात्रै भएको दाबी गर्नुभएको छ ।