कांग्रेस नयाँ नेतृत्वसहितको पार्टी हो : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछिका सबैभन्दा बदलिएर, नयाँ र युवा नेतृत्वसहित आएको पार्टी कांग्रेस मात्रै भएको दाबी गर्नुभएको छ ।
कास्कीमा बहुपक्षीय प्रतिस्पर्धा
कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा चुनावी प्रचार अभियान तीव्र पारिएको छ । राजनीतिक दल र उम्मेदवार घरदैलो, कोणसभा तथा मतदाता भेटघाट गरिरहेका छन् । चिया पसलदेखि रेस्टुरेन्टसम्म दुई/चार जना जम्मा भइहाले पनि चर्चा चुनावकै हुने गरेको छ ।
‘मत हाल्ने तरिका पनि सिक्न पाइँदोरहेछ’
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत झारकोटकी ९० वर्षीय छिन आङ्मो ठकुरी घरदैलोमै मतदाता शिक्षा पाएकोमा दङ्ग पर्नुभयो । विगतमा आफन्तको सहयोगमा मतदान केन्द्रमा मत हाल्न जाने वृद्धा ठकुरीले यस पटक स्वयंसेवकका रूपमा खटिनुभएका नारायण योगीबाट मतपत्रमा स्वस्तिक छाप लगाउन, पट्याएर मतपेटिकामा खसाल्ने विधि सिकेपछि उत्साहित हुनुहुन्छ । वृद्धा ठकुरी जस्तै अर्का स्थानीय ७२ वर्षीय पेम्मा गुरुङले पहिलो पटक मतदान शिक्षा पाएको बताउनुभयो ।
लमजुङमा बहुपक्षीय प्रतिस्पर्धा
यही फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा लमजुङमा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमाले, कांग्रेस र अहिलेको नेपाली कम्युनिस्ट पार्टीबिच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक अरू नयाँ दल पनि पुराना दलसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
बागलुङका तीन पालिकामा आज सार्वजनिक बिदा
४४ औँ मगर एकता दिवसको अवसरमा शुक्रबार पश्चिम बागलुङका तीन गाउँपालिका निसीखोला, तमानखोला र बडिगाडले सार्वजनिक बिदा दिएका छन् । निसी र तमानखोलाले पालिकाभरि बिदा दिएका हुन् भने बडिगाडका तीन वडा ३, ४ र ८ ले मात्र सार्वजनिक बिदा दिएका हुन् ।
कालिका कप पुरुष भलिब प्रतियोगिताको राशि तीन लाख
आगामी चैत दोस्रो सातादेखि बागलुङमा चैत्राष्टमी मेलामा तीन लाख राशिको पुरुष खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
स्याङ्जाका आठ पालिकामा आज सार्वजनिक बिदा
४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जाका आठ पालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।
स्याङ्जामा मतदान अधिकृतलाई प्रशिक्षण र नमुना मतदान अभ्यास सुरु
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जामा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण दिन सुरु गरिएको छ ।
तनहुँमा आजदेखि मदिरा निषेध, उल्लङ्घन गरे कारबाही
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ ।
कालीका मन्दिर परिसरमा चैते दशैं मेला हुने
चैते दशैंको अवसरमा बागलुङ कालीका मन्दिर परिसरमा विविध कार्यक्रमसहित मेला आयोजना गरिने भएको छ ।
सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ :सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ ।
रास्वपाका जिल्ला सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
सुशासन र कृषि क्रान्तिको योजनासहित स्याङ्जा-२ मा रास्वपाका डुम्रेको चुनावी वाचापत्र
स्याङ्जा क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार झविलाल डुम्रेले आफ्नो वाचापत्र सार्वजनिक गर्नुभएको छ ।
जलविद्युत आयोजनाको निर्माणाधीन बाँध
म्याग्दीको धवलागिरि गाउँपालिका–४ खाम्लामा निर्माणाधीन अपर म्याग्दी १ जलविद्युत आयोजनाको बाँध । ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजना निर्माणले तिब्रता पाएको छ
मुस्ताङका २१ मतदान केन्द्रमा अक्सिजनको सुविधा
मुस्ताङमा समुन्द्री सतहदेखि तीन हजार माथिको उचाइमा रहेका २१ मतदान केन्द्रमा यसपटक अक्सिजन सहित प्राथमिक उपचारमा सामग्रीसमेत पठाइने भएको छ ।
तनहुँका चार उम्मेदवारले अझै खोलेनन् छुट्टै बैंक खाता
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा तनहुँमा केही उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाता नै नखोलेको तथ्य सार्वजनिक भएको छ ।
आँधी खोला किनार क्षेत्रमा तर्बुजा खेती सुरु
यहाँको भीरकोट नगरपालिकाले आँधी खोला किनार क्षेत्रमा परीक्षणका रूपमा तर्बुजा खेती सुरु गरेको छ ।
तनहुँका सबै स्थानीय तहमा सार्वजनिक बिदा
४४औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा तनहुँ जिल्लाका १० वटै स्थानीय तहले शुक्रबार फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
लागु औषधसहित दुई जना पक्राउ
अर्जुनचौपारी गाउँपालिका–१, जिरो चोकबाट लागु औषधसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।
चामे बजार र लमजुङ हिमाल
मनाङ सदरमुकाम रहेको चामे गाउँपालिका-४ स्थित चामेबजार र पृष्ठभूमिमा देखिएको लमजुङ हिमाल ।
जय मातृभूमिका थापाद्वारा कांग्रेसका मल्ललाई समर्थन
जय मातृभूमि पार्टीबाट स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार कर्नेल धनबहादुर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ललाई समर्थन गरेको घोषणा गर्नुभएको छ।
‘भोट हाल्ने तरिका पनि सिक्न पाइँदो रहेछ’
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटका ९० वर्षीय छिन आङमो ठकुरी घरदैलोमै मतदाता शिक्षा पाएकोमा दंग हुनुहुन्छ।
उम्मेदवार मतदाता भेटघाटमा केन्द्रित
निर्वाचन आचारसंहिताले आमसभा गर्न छुट दिए पनि बागलुङका अधिकांश उम्मेदवार जनताको घरदैलोमा पुगेर भेटघाट अभियानमा केन्द्रित भएका छन् । आमसभा गरेर भाषणबाजी गर्नुभन्दा जनताको घरदैलोमा पुग्दा स्थानीयका माग र वास्तविक समस्या बुझ्न सकिने हुँदा घरदैलो अभियानमा केन्द्रित भएको उम्मेदवारले बताएका छन् ।
एकछत्र जितेका पुरानालाई नयाँको चुनौती
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा यही फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि चौबिस जना उम्मेदवार मैदानमा उत्रिएका छन् । विगतका चुनावमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले जित हासिल पार्दै आएको यो जिल्लामा यस पटकको निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । पुराना दलसँग नयाँ दलका उम्मेदवारले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन् ।