उपचारको क्रममा युवकको मृत्यु
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –४, नयाँ गाउँमा अचेत अवस्थामा भेटिएका १६ वर्षीय युवकको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार विनयी त्रिवेणीको कोल्टाडी निवासी चन्द्र सारु मगरको छोरा सलोनको मृत्यु भएको हो ।
सडकछेउका रङ्गीन फूलले बढायो कुहुँको आकर्षण
म्याग्दीको मङ्गला गाउँपालिका– १ कुहुँ गाउँमा सडकछेउछाउमा रोपिएका रङ्गीन फूलहरुले गाउँको आकर्षण बढाएको छ ।
लयमा फर्किंदै कागबेनी
कागखोलामा आएको बाढीले तहसनहस भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा सरकारी तथा निजी सहयोगबाट पुनर्निर्माण भइरहेको छ । २०८० साल साउन २८ गते आएको बाढीबाट पीडितलाई राहत तथा प्रभावित क्षेत्रको भौतिक संरचना निर्माणले स्थानीयकै दैनिकी सहज बन्न थालेको छ । पूर्वसूचनाका कारण कुनै मानवीय क्षति नभए पनि सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत भौतिक पूर्वाधार गरी एक अर्बको क्षति भएको थियो ।
लैङ्गिक हिंसाविरुद्ध अभियान सुरु
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२५ गण्डकी प्रदेशका विभिन्न जिल्लामा सुरु भएको छ । पोखरामा सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ ।
बन्यजन्तुको बस्तीमा प्रवेश गर्ने जोखिमले क्यामेरा जडान
उपल्लो मुस्ताङको उच्च क्षेत्रमा हिमपातसँगै बासस्थान र आहाराको अभावका कारण बस्ती नजिक आउने बन्यजन्तुको अनलाइनबाट निगरानी गर्न क्यामेरा जडान गरिएको छ ।
२३ औं संस्करणको जेसीजकपमा प्रि क्वाटरफाइनल
डिफेन्डिङ च्याम्पियन माउण्ट एभरेष्ट आवासीय माविले २३ औँ अन्तर मावि जेसीजकप फुटवल प्रतियोगितामा विजयी यात्रालाई जारी राख्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
बागलुङ एमालेमा ६ जना प्रतिनिधिका लागि ३९ जनाको दाबी
आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तय भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने ६ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले दाबी गरेका छन् ।
आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न
पूूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं. १ र २ मा एकहप्ते मगर भाषा, अक्खा लिपि आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लाफा महिला आमा समूहको गैँडाकोट–१ स्थित बुद्ध विहार ग्याचो डाँडामा सम्पन्न गरिएको हो ।
गोठमा आगलागी : पशुचौपाया क्षति
जिल्लाको काठेखोला गाउँपालिकास्थित एक गोठमा आगलागी हुँदा पशुचौपायामा क्षति पुगेको छ । बुधबार दिउँसो काठेखोला गाउँपालिका–४ तंग्रामको फाँपरखेत बस्ने ६२ वर्षिय थमबहादुर पुनको गोठमा आगलागी हुँदा पशुचौपायमा क्षति पुगेको हो ।
वन्यजन्तुका लागि सौर्य ऊर्जाबाट पानीको व्यवस्था
नवलपुरको कावासोती नगरपालिका-१३, मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुका लागि पानीको व्यवस्थापन गरिएको छ ।
बन्दीपुर महोत्सव सुरु : भ्रमण वर्षमा आठ लाख पर्यटक आकृष्ट गर्ने लक्ष्य
तनहुँको ऐतिहासिक र सांस्कृतिक पहाडी बस्ती बन्दीपुर आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ ।
बलेवाबासीको प्रश्न : विमानस्थल किन अलपत्र ?
आठ करोड २४ लाख ३४ हजार रुपियाँको लागतमा बलेवा विमानस्थल कालोपत्र गरिएको छ । झण्डै ७ सय मिटर लम्बाइको धावनमार्ग कालोपत्रसहित एक हजार एकसय मिटर लामो मैदान ग्राभेल गरिएको छ ।
अशक्त नागरिकलाई घरमै नागरिकता
स्याङ्जा वालिङमा रहेको इलाका प्रशासन कार्यालयले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । वालिङ नगरपालिका –६ की १८ बर्षीया सीता पाण्डे, वालिङ नगरपालिका –३ का १७ बर्षीया किशमाया गुरुङलाई नयाँ नागरिकता प्रदान गरिएको हो ।
कारागार मर्मत नहुँदा कैदीबन्दी बाहिरै
गत असारमा भत्किएको लमजुङ कारागार मर्मत हुन नसक्दा यहाँका कैदीबन्दीलाई बाहिरी जिल्लामै राख्नुपरेको छ । जिल्ला बाहिर बस्नुपर्दा कैदीबन्दीलाई अदालतमा पेशी लिन आउजाउमा समस्या भएको छ ।
‘म हिंसा गर्दिन, म हिंसा पनि सहन्न’
मुस्ताङमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
म्याग्दीमा धान उत्पादन बढ्यो
जिल्लामा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।
परम्परागत खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा
म्याग्दीको मङ्गला गाउँपालिका–४, अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।
छोराको कुटाइबाट बुबाको मृत्यु
नवलपुरमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । गएराति हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ३० वर्षीय छोरा सन्त कुमारको कुटाइबाट ६० वर्षीय बुबा रामबहादुर विकको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
लोपोन्मुख चिरकालिज जोगाउनै मुस्किल
मुस्ताङको थासाङ गाउँपालिकामा पाइएको लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत भएको चिरकालिज चोरीशिकार, आहारा, डढेलोले बासस्थानमा परेको जोखिमका कारण जोगाउनै मुस्किल परेको छ ।
थपिए छ हजार मतदाता
सरकारले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएको एक हप्तामा स्याङ्जामा छ हजारभन्दा धेरै मतदाता थपिएका छन् । यही असोज २८ देखि मङ्सिर ५ सम्म परिचयपत्रमार्फत छ हजार ३८४ मतदाता थपिएका हुन् । सरकारले तोकेको यस पटकको अवधिमा जिल्लामा आठ हजार २२५ मतदाता थपिएका छन् ।
लोकमार्ग र करिडोर जोड्ने मोटरेबल पुलको काम सुरु
कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालढुङ्गा–बलेवा सडक खण्डको एक्लेसाल र कालाखोलामा खसेका दुई भीमकाय पहिरोले वर्षायाममा सास्ती दिएपछि यात्रा सहज यात्राका लागि विकल्पको रुपमा पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ ।
फेदीखोलामा दुई नयाँ झोलुङ्गे पुल निर्माण
फेदीखोला गाउँपालिकामा एकैपटक दुई नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । फेदीखोला गाउँपालिका –२ का लामाचौर–स्थानचौर र लामाचौर–चनौटे जोड्ने दुई झोलुङ्गे पुल निर्माण भएका हुन् ।
वालिङमा पहिलो पटक ‘सडक खाना महोत्सव’
स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यसहित स्याङ्जाको वालिङमा ‘सडक खाना महोत्सव’ हुने भएको छ ।
वनगाड कुपिण्डेमा १५ शय्याको नगर अस्पताल सञ्चालन
सल्यानको वनगाड कुपिण्डे नगरपालिकाले १५ शय्याको आधुनिक नगर अस्पताल औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।