गाउँको शोभा बढाउँदै परम्परागत घर
म्याग्दीको मंगला गाउँपालिका –४ स्थित अर्भल्याङमा मौलिक शैलीको परम्परागत घरले गाउँको शोभा बढाएको छ । बरंजा गाउँमा अहिले पनि मौलिक सीप र कलाबाट निर्माण गरिएका परम्परागत घर रहेका छन् । यहाँका स्थानीयहरुले मौलिकता झल्किने परम्परागत घरहरुको जगेर्ना गरेका छन् ।
सर्दीमा भेटिएको बम सेनाद्वारा डिस्पोज
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –३ सर्दीमा बम भेटिएको छ । मंगलबार सर्दी हिरौटेबाट पहेँलटाँडी जाने कच्ची बाटोको छेउमा ग्रिनेट बम भेटिएको नवलपुर प्रहरीले जनाएको छ ।
चाङ्गाको पाटनमा चरन क्षेत्रमा भेडाका बथान
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पर्यटकीयस्थल चाङ्गाको पाटनमा चरन क्षेत्रमा रहेका भेडाका बथान र पृष्ठभूमिमा देखिएको हिमशृङ्खला ।
बडिगाडमा पुरुषको शव फेला
बागलुङको बडिगाडमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको बडिगाड गाउँपालिका–५, खौलारास्थित दाँगखोलामा शव फेला परेको हो । शवको पहिचान भने नभएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले जानकारी दिनुभयो।
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
गुल्मीको पर्यटकीय क्षेत्रका रूपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ । सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ ।
छैटौँ क्रस कन्ट्री दौड पुसमा
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले छैटौँ क्रस कन्ट्री दौड प्रतियोगिता आगामी पुस ८ गते गर्ने भएको छ ।
पर्यटक आगमनले बन्दीपुरका होटल व्यवसायी उत्साहित
ऐतिहासिक र पर्यटकीय सहर बन्दीपुरमा पर्यटकको घुइँचो लागेको छ । दैनिक हजारौं आन्तरिक पर्यटकको आगमनले यहाँका होटल, होमस्टे र बजार क्षेत्र खचाखच भरिएको छ ।
दुई हजार दुईसय विद्यार्थीको आँखा जाँच
अर्जुनचौपारी गाउँपालिकाको दुई हजार २५९ जना विद्यार्थीले आँखा जाँच गराएका छन् । पालिकाले विद्यालयमै पुगेर चार दिनसम्म गरिएको निःशुल्क आँखा जाँच शिविरमा २१७ जनामा थप उपचार आवश्यक रहेको बताइएको छ ।
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
बागलुङमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने योजना बनेको बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यले जानकारी दिनुभयो ।
नवलपरासीमा छ हजार मतदाता थपिए
पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
लमजुङमा दुई वटा कार्यालयको एकीकृत सेवा सुरु
गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङका दुई वटा कार्यालयको एकीकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकीकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयको एकीकृत सेवा सुरु भएको हो ।
उत्तरी गोरखाको सामागाउँबाट पशुमा पूर्ण खोप सुरु
उत्तरी गोरखाको हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका–१, सामागाउँबाट पशुमा पूर्ण खोप कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ ।
पर्यटकीय सम्भावनाले भरिएको मङ्गलाको चाङ्गा खर्क
प्राकृतिक सुन्दरता, शान्त वातावरण र हिमश्रृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न सकिने मङ्गगला गाउँपालिका–५, चाङ्गा खर्क पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार स् ६२ करोडको ८२ लाख बढीको बिक्री
यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो ।
सुन्तला उत्पादक किसानलाई ढुवानीको समस्या
तनहुँको देवघाट गाउँपालिका–३ मा उत्पादन हुने सुन्तला गुणस्तरका दृष्टिले नेपालकै उत्कृष्ट मानिन्छ । छिपछिपे, बाटक, छापस्वाँरा, दगरा र लुङ्ग्रिङ क्षेत्रका बगैँचाबाट हरेक वर्ष करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गर्दछ ।
सावधानी अपनाउँदा घट्दै लेक लाग्ने बिरामी
मुस्ताङमा लेक लाग्दा अपनाउनुपर्ने सावधानी र प्राथमिक उपचारको प्रभावकारिता बढ्दै गएपछि यहाँ लेक लागेर बिरामी हुने र मृत्यु हुनेको सङ्ख्या घटेको छ । बर्सेनि सवारीसाधन, पदमार्ग तथा हवाईमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकले लेक लागेर ज्यान गुमाउन थालेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले नाका क्षेत्रमा रहेका प्रहरीमार्फत पर्चा सामग्री वितरणसहित विभिन्न स्थानमा गरेको सचेतनामूलक अभियान प्रभावकारी देखिएको हो ।
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित
बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।
म्याग्दी नदीमा पानीको सतह घटेपछि पर्खाल निर्माण सुरु
सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ ।
मुलुकको विकासका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि राजनीतिक दल, नागरिक समाजलगायत सरोकार भएका निकायले एकापसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आउनुभएको छ ।
तीन वर्षमा पनि बनेन नारायणस्थान स्वास्थ्य चौकी
एक वर्षमा सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकी बागलुङको भवन तीन वर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन ।
तीव्र गतिमा सवारी चलाउने ५५ जना चालक कारबाहीमा
नयाँ बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटबल सडक खण्डमा दिनहुँजसो सवारी दुर्घटना हुन थालेपछि प्रहरीले तीव्र गति जाँचलाई तीव्रता दिएको छ ।
२३ वर्षदेखि दुध डेरीमा एकछत्र राज
पारिवारिक मेहनतले अघि बढेको धौलागिरी डेरीले पछिल्लो २३ वर्षदेखि म्याग्दी सदरमुकाममा एकछत्र राज गरेको छ । बेनी नगरपालिका–७ न्यूरोडमा रहेको धौलागिरी डेरी उद्योगको एकछत्र बजार हिस्सा आफ्नैमा रहेको छ ।