• १४ फागुन २०८२, बिहिबार

स्याङ्जाका ६ स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

blog

राधाकृष्ण डुम्रे 
वालिङ,(स्याङ्जा) फागुन १४ गते ।
स्याङ्जा जिल्लाका ६ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात् फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका वालिङ, पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी र विरुवा गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।

११ वटा स्थानीय तह रहेको स्याङ्जामा ६ वटा स्थानीय सरकारले ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।