• १४ फागुन २०८२, बिहिबार

एकछत्र जितेका पुरानालाई नयाँको चुनौती

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, फागुन १४ गते । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा यही फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि चौबिस जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

विगतका चुनावमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले जित हासिल पार्दै आएको यो जिल्लामा यस पटकको निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । पुराना दलसँग नयाँ दलका उम्मेदवारले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन् । 

जिल्लाको क्षेत्र नं –१ मा नेपाली कांग्रेसका भरतराज ढकाल र नेकपा (एमाले) का मीनप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धनन्जय रेग्मी, नेपाल कम्युनिस्ट पार्टीका शैलेन्द्र रेग्मी, नेसनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले प्रतिस्पर्धा गरिरहनुभएको छ । 

त्यसै गरी सोही क्षेत्रमा मङ्गोल नेसनल अर्गनाइजेसनका यामबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर राना, उज्यालो नेपाल पार्टीका रवीन्द्र मल्ल, नेकपा माओवादीका सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विक, श्रम संस्कृति पार्टीका पिरन गुरुङ र स्वतन्त्र उम्मेदवार अशोक विष्टले पुराना दलका उम्मेदवारलाई यस पटक चुनौती दिइरहेका छन् । 

त्यसै गरी क्षेत्र नं. २ मा कांग्रेसका भगवतप्रकाश मल्ल र एमालेका खिमबहादुर थापा, रास्वपाका झविलाल डुम्रे, नेकपाका पदमबहादुर विक, राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापा, जय मातृभूमि पार्टीका धनबहादुर थापा, नेसनल रिपब्लिक नेपाल पार्टीका तेजबहादुर थापा प्रतिस्पर्धामा उत्रिनुभएको छ ।