• १० वैशाख २०८३, बिहिबार

संकटालाई सडन डेथमा हराउँदै एपिएफ सेमिफाइनलमा

blog

एपिएफका महिला खेलाडी र हरियो जर्सीमा संकटाका महिला खेलाडी प्रतिस्पर्धा गर्दै ।

लीलाराज खड्का 

बिर्तामोड, वैशाख १० गते । सडन डेथमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ महिला फुटबल क्लब  झापामा जारी महिला   गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि भएको सडन डेथमा एपिएफ भाग्यमानी सावित हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

आजको खेलमा सडन डेथमा पनि ३–३ जना खेलाडीले गोल प्रहार गरेका थिए । जसमा संकटाका प्रतिक्षा राईको गोल बाहिरिएपछि सशस्त्र भाग्यमानी सावित भएको हो ।  

सडन डेथमा एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना रानामगरको प्रहार गोलमा परिणत भएको थियो । संकटाका तर्फबाट सुशीलाकुमारी चौधरी र झुमा विश्वकर्माले गोल गर्नुभएको थियो । 

यसअघि भएको टाइब्रेकरमा एपिएपका गीता राना, अनिता बस्नेत र रश्मिकुमारी घिसिङले गोल गर्नुभएको थियो भने अनिता केसी र रेनुका नगरकोटीको प्रहारलाई संकटाका गोलकिपर सुशीलाकुमारी चौधरीले बचाउनुभयो ।  

टाइब्रेकरमा संकटाका तर्फबार यशोदा शाही, सुक्रिया मिया र विदेशी खेलाडी सुसिया लिलाले गोल गर्नुभयो । पूर्णिमा राईको प्रहार बचाउ भएको थियो भने  सुनिता भुलनको प्रहार गोलपोस्ट  बाहिरिएको थियो ।

निर्धारित ९० मिनेटमा संकटा तथा सशस्त्रले  बनाएको थुप्रै अवशरहरु  खेर जादा खेल ट्राईब्रेकर हुदै सडन डेथमा पुगेको थियो  । खेलको प्लेयर अफ दि म्याच विजेता टिम एपिएफकी गीता राना हुदै ११ हजार रुपियाँ प्राप्त गर्नुभयो । 

शुक्रबार पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । 






 





‎