• २ चैत २०८२, सोमबार

आँखामा कालोपट्टी बाँधेर प्रतिवेदन सार्वजनिक गर्न दवाव

blog

आँखामा कालोपट्टी बाँधेर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी समूह। तस्बिरः केशब गुरुङ

काठमाडौँ, चैत २ गते । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवा रक्षा बमसहितको समूहले माइतीघरमा प्रदर्शन गरेको हो । आयोगले २४ फागुनमा सरकारलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो ।