• १३ चैत २०८२, शुक्रबार

परराष्ट्रमन्त्री शिशिर खनालद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहण गर्नुहुँदै परराष्ट्रमन्त्री शिशिर खनाल । तस्बिरः कविता थापा

काठमाडौँ, चैत १३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।  शपथ लगत्तै उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । 

उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य हुनुहुन्छ । २०७९ सालमा काठमाडौँ–६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

२०७९ मा छोटो अवधिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो । 

उहाँले अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा अध्ययन गर्नुभएको छ । 

उहाँ टिच फर नेपालको सह–संस्थापक हुनुहुन्छ । यो संस्थाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न स्वयंसेवी शिक्षकलाई दुर्गमका गाउँ–गाउँ पठाउने तथा शिक्षकलाई आवश्यक पर्ने तालिम लिने लगायतका काम गरेको थियो । 

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काठमाडौँ–६ बाट निर्वाचित हुनुभएको हो ।