रसुवाको भोटेकोसी नदिमा आएको बाढी वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलवार बिहान ३ बजे ठुलो बाढी एक्कासि आउँदा पानीको सतह साढे तीन मिटर बढेको थियो तर यो उक्त क्षेत्रमा पानी परेका कारण नभएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली जानकारी दिनुभयो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीको चौतर्फी विरोध भएको छ । कार्यशैलीमा आर्थिक पारदर्शिता नभएको भन्दै नागरिकसमाज, पत्रकार तथा सरोकारवालाले गुनासो गरेका छन् ।
मनोसामाजिक, बौद्धिक, श्रवणदृष्टिविहीन र अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई कानुनी दस्तावेजमा अपमानजनक शब्दको प्रयोग गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
ऐतिहासिक सम्पदा, चित्रकला, मूर्त÷अमूर्त सम्पदासम्बन्धी विविध कार्यक्रमसहित तीनदिने अन्तर्राष्ट्रिय विश्व सङ्ग्रहालय दिवस सम्पन्न भएको छ ।
१४ वटा अस्पतालमा चैत महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा सुत्केरी हुन नसकेर प्रत्येक दिन दुई जना महिलाकाे मृत्यु हुने तथ्याङ् रहेकाे उहाँले उल्लेख गर्नुभयाे ।
काठमाडौँ उपत्यकामा बसोबास गर्ने मगर समुदायले भव्यताका साथ माघे सकराती मनाएका छन् । नेपाल मगर संघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो ।
सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।
मलेसियामा हालै सम्पन्न यु–१९ महिला एसिया कपको सुपर चारबाट बाहिरिएको नेपाली टोली पुन: अर्को ठुलो प्रतियोगिताको तयारीमा जुटेको छ ।
रेसुङ्गा नगरपालिकाले वडा नम्बर-१४ लाई विभाजन गरी दुई वटा वडा बनाउने प्रस्ताव नगर सभाबाट पारित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रातो रानी फुले झैँ साँझमा तिमी फुल्यौ कलेजी माझमा
सुनसरी, मङ्सिर २ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान शीतलहरसहित लागेको बाक्लो हुस्सु । हिजोदेखि भएको शीतलहरले यहाँ जाडो बढेको छ । तस्बिरः रासस
सिन्धुली जिल्लामा असोजको दोस्रो साता गएको बाढीपहिरोबाट २१ वटा झोलुङ्गेपुलमा क्षति पुगेको छ ।
दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराबाट मङ्गलबार बिहान देखिएको सूर्योदयको दृश्य ।