नेपालमै प्रशस्त उत्पादनको सम्भावना रहेको आलुको आयातमा पनि बर्सेनि करोडौ रुपियाँ भारत जाने गरेको पाइएको छ । नेपालगन्ज नाकाबाट भारतबाट हुँदै आएको आलुको आयात करिब दोब्बर वृद्धि भएको छ ।
कतै नियुक्तिपत्रबिना काम गर्नु परेको त छैन ? त्यस्तो हो भने बुधबारदेखि श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागको हटलाइन नम्बर ९८५१३५०४५१ को भाइबर तथा ट्विटरमार्फत सिधा सम्पर्क गरेर उजुरी टिपाउन सकिने विभागले जनाएको छ । विभागले यस्ता उजुरीको अवस्था अनुसार तुरुन्तै कानुनबमोजिम सम्बन्धित रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने प्रक्रियामा जाने तयारी गरेको जनाएको छ ।
कालीकोट जिल्लाको महाबै गाउँपालिका वडा नं. ४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
रौतहटको मौलापुर नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका –९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढ्न थालेको छ । हाल वर्षा हुन थालेपछि उत्पादन बढेको तर पूर्ण क्षमतामा भने उत्पादन हुन नसकेको केन्द्रले जनाएको छ ।
निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरिपरि सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउँछ ।
कोहलपुर नगरपालिकाले विदेशमा सिकेको सिपलाई स्थानीयस्तरमा उपयोग गर्ने योजना बनाएको छ । नगरपालिकाको सबैलाई रोजगारी दिने नीतिअनुसार विदेशमा गएर गरेको र सिकेको सिपलाई उपयोग गर्न विदेश गएर फर्किएका युवाको तथ्याङ्क सङ्कलन सुरु गरिएको हो ।
सुख्खा पहिरो खस्दा आज दिउँसो साढे २ बजेदेखि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताउनुभएको छ । सोमबार चिकित्सा शिक्षा आयोगको एघारौँ बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितकाे राजनीतिक व्यवस्था परिवर्तन हुनुमा युगकवि सिद्धिचरण श्रेष्ठको पनि भूमिका रहेको बत्ताउनुभएको छ ।