स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३औँ पटकको प्रयास पनि असफल भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागको रेल योजना कार्यालय, झापा दमकमा वाइसीएल नेपालले तालाबन्दी गरेको छ ।
हरिनास गाउँपालिकामा सडक कालोपत्रे गरेको एक महिना नबित्दै भत्किन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरमा अपराधिक घटनामा कमी भएको पाइएको छ । ठगी, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा सङ्कलन, सरकारी छाप दस्तखत कीर्ते, सङ्गठित अपराध र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा जस्ता सङ्गठित अपराध पूर्वी नवलपरासी (नवलपुर) मा लगभग शून्यको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
लामो समयदेखि मुआब्जा नपाएका भद्रपुर भन्सार मुआब्जा पीडितका लागि सरकारले पहिलो चरणमा १० करोड रुपियाँ निकासा गरेको छ ।
१३ अर्बको लागतमा आठ वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १८ वर्षमा पनि पूरा हुन सकेको छैन । समय थपिँदै जाँदा आयोजनाको लागत बढेर ५३ अर्ब पुगेको छ ।
गत १७ वर्षदेखि नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके र जनमत अर्द्ध साप्ताहिक, नेपालगञ्जको संयुक्त आयोजनामा त्रैमासिक रक्तदान गरिँदै आएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको दश वटा विषयगत समितिहरूको बैठक बसेको छ । समितिहरूको बैठक मंगलबार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेको हो ।
धनकुटाको शहीदभूमि गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरूको पेसागत क्षमता विकाससम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको सम्मान हुने राष्ट्रियता स्थापित हुनुपर्छ, भन्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विद्यार्थी नेताले आफ्नो कर्तव्य तथा जिम्मेवारी बुझ्न अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
झापा शिवसताक्षी नगरपालिका १० स्थित सिँचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ ।
अर्जुन चौपारी गाउँपालिका –१ मा नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न सरकारले चालेका कदमहरूको कारण अहिले शोधान्तरमा उल्लेख्य सुधार आएको बत्ताउनुभएको छ ।
विश्वमा उत्कृष्ट क्षेत्रमध्ये नेपालको मुस्ताङ पनि रहेको अमेरिका समाचार संस्था (सिएनएन)ले जनाएको छ । सिएनएनको रिर्पोट अनुसार २०२३ मा दक्षिण एसियामा घुम्नै पर्ने २३ गन्तव्यभित्र मुस्ताङलाई समेटेको छ ।