तत्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला गोली लागेर छियाछिया बनेको बिजुलीको पोल बेनी फिर्ता हुने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका –१२ को एक डान्स बारबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर नेपाल ल्याइएको ४२ बोरा चिनी रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मायादेवी गाउँपालिका –६ स्थित बेथरीबाट प्रहरीले चिनी नियन्त्रणमा लिएको हो ।
खेतीपाती गर्ने बेला लम्पी स्किन रोगको प्रकोप फैलिएपछि यहाँका किसानहरू चिन्तित हुन थालेका छन् ।
ताप्लेजुङमा गोलिया निकासी कार्यले सडक दुर्घटनाको जोखिम बढेको छ । ग्रामीण क्षेत्रका सडकहरुमा अव्यवस्थित रुपमा गोलिया काठ राखेका कारण सडक दुर्घटनाको जोखिम बढेको हो ।
प्युठानको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ ।
झापा कनकाई नगरपालिका ३ सुरुङ्गाको एक होटलको कोठामा एक २४ वर्षीया युवती झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन् ।
धनगढीको गार्मेन्ट उद्योगमा विद्यालय पोसाक बनाउन चटाराे छ । धनगढी उपमहानगरपालिका–५ जाई गाउँमा रहेको साथी गार्मेन्ट उद्योगलाई विद्यालयका लागि टी–सर्ट, सट्याकसुट, पाइन्ट लगायतको पोसाक बनाउन र बेच्न चटाराे भएको हो ।
लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
जिल्लाको विभिन्न स्थानमा जनप्रतिनिधि तथा निर्माण व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको चोरी निकासी भएको छ ।
वर्षायामको सुरु हुनै लाग्दा पुतलीबजार नगरपालिका वडा न. १ र ३ का स्थानीयले अरौदी खोलामा पुल निर्माणको माग गरेका छन् ।
जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ इनरुवाले आफ्नो अनुगमनलाई निरन्तर जारी राखेको छ ।
दाङको लमही नगरपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । चालु आर्थिक वर्षमा लमही नगरपालिकामा चार जना प्रमुख प्रशासकीय अधिकृत आउने र जाने भइरहेको छ ।
कैलाली प्रहरीले ३८५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय, भजनीबाट खटेको प्रहरी टोलीले भजनी नगरपालिका–५ र ७ बाट मदिरा बरामद गरेर जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको हो ।