अमरराज नहर्की
तनहुँ, वैशाख २९ गते । भीरबाट लडेर तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङको मृत्यु भएको हो ।
गुरुङको स्थानीय सुदेखोला सातबिसे सामुदायिक वनको भीरबाट लडेर १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।
१२ दिन अघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनि हिँड्नु भएका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राविधिक टोलीले खोजतलास गर्दा पनि फेला परेकाे थिएन । तर बिहीबार घोप्टो परेको अवस्थामा स्थानीयले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।