• २९ मङ्सिर २०८२, सोमबार

राहतको पर्खाइमा बाढीपहिरोपीडित

blog

माईखोलाको बाढीले क्षतिग्रस्त बनाएको हिमाल दोलखा हाइड्रोपावर । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, मङ्सिर २९ गते  ।  गत असोज १८ गतेको बाढीपहिरोको जोखिममा घर परेपछि इलाम नगरपालिका–५, बरबोटेकी मङ्गली विश्वकर्माको परिवार अझै घर फर्कन सकेको छैन । बरबोटेबाट पुवाखोलातर्फ गएको पहिरोले घर तानेपछि विश्वकर्माको घरमा बस्न सक्ने अवस्था छैन । उहाँलाई अहिलेसम्म ३० बोरा सिमेन्ट र दुुई थान त्रिपाल राहत आएको छ । त्यतिले घर बनाउन सक्ने अवस्था छैन । 

विश्वकर्माले भन्नुुभयो, “सरकारले अस्थायी घर बनाउन राहत पठाएको छ भन्छन्, बैङ्कमा गएर धेरै कागजपत्र मिलाइयो । खै अझै त्यो रकम आउने पत्तो भएन ।” विश्वकर्माको परिवार अहिले आफ्नो घरभन्दा अलि पर आश्रय लिएर बस्दै आएको छ । बाढीपहिरोका कारण विस्थापितमध्ये मङ्गली विश्वकर्माको परिवार उदारण मात्र हो । इलाममा असोज १८ गते रातिको बाढीपहिरोका कारण ३३८ घर पूूर्ण रूपमा क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् । अहिले ११ परिवार सामुुदायिक भवनमा बस्दै आएको र बाँकी आफन्त र छिमेकीकोमा बस्दै आएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । विपत्पछि इलाममा ३९ जनाले पहिरोमा परी ज्यान गुमाए भने ८२८ घरमा आंशिक क्षति भएको छ । 

पछिल्लो पटक बाढीपहिरोपीडित परिवारको अस्थायी घर निर्माणका लागि सङ्घीय सरकारबाट ५० हजार रुपियाँका दरले राहत रकम आए पनि यो रकम अझै कतिपय पीडितको हातमा पुुग्न सकेको छैन । पहिलो किस्ताको २५ हजार रुपियाँ सबै परिवारका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पालिकामा पठाइसकेको छ । अस्थायी घर बनाउने ५० हजार रुपियाँ रहतमध्ये पहिलो किस्ताको रकम पीडित परिवारले नबुझी दोस्रो किस्ताको थप २५ हजार रुपियाँ पठाउन नमिल्ने जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत टीका निरौलाको भनाइ छ । उहाँले भन्नुुभयो, “अस्थायी घर बनाउने रकम निकासा नभई, स्थायी घर बनाउने रकम आउँदैन । पीडितले राहत लिन किन ढिलो भयो र कहाँ रोकियो भन्ने अनौठो कुरा छ ।” 

स्थानीय तहले लाभग्राही पहिचान गरेर विपत् पोर्टलमा राख्ने व्यवस्था जिल्ला तहमा गरिएको थियो । नौ वटा प्रभावित पालिकाबाट चार सय घरधुरीका लागि अस्थायी घरका लागि आवेदन भएको थियो । तीमध्ये ३८० परिवारका लागि ५० हजार रुपियाँका दरले रकम पठाइसकिएको अधिकृत निरौलाले जानकारी दिनुुभयो । बाँकी २० परिवारका लागि भने विभिन्न दातृ निकायले अस्थायी आवास बनाइदिएकाले उनीहरूलाई दोहोरो सुविधा दिन नमिल्ने बताइएको छ । अस्थायी आवास सकिएपछि चार लाख रुपियाँ स्थायी घर निर्माणका लागि सरकारले दिने तयारी रहेको निरौलाले बताउनुुभयो । घर र जग्गा नै बगाएको परिवारका लागि जग्गा खरिदका लागि थप तीन लाख रुपियाँ दिने कार्यविधि रहेको निरौलाले बताउनुभयो । 

निरौलाका अनुसार असोज १८ को विपत्पछि इलाममा करिब १२ अर्ब रुपियाँभन्दा बढीको पूूर्वाधारमा क्षति भएको भए पनि पुुनर्निर्माणका लागि केन्द्रमा बजेट विनियोजन भइसकेको छैन । 

सरकारले इलामलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गरे पनि अहिलेसम्म पुुनर्निर्माणको ठोस काम अगाडि बढ्न नसकेको जिल्लावासीको गुुनासो छ । इलाम नगरपालिका–५ का स्थानीय ठाकुर श्रेष्ठले सङ्कटग्रस्त घोषणा गरेको तीन महिना सकिन लाग्दा पनि भौतिक संरचना तथा पूूर्वाधारका कुनै क्षेत्रमा पनि आशा लाग्दो परिवर्तन नपाइएको बताउनुुभयो । 

नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी पनि असोज १८ को विपत्पछि इलाममा सरकारको उपस्थिति नै हराएको बताउनुुहुुन्छ । विपत्बाट इलामको यातायात र पर्यटन क्षेत्रमा पनि ठुलो असर परेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ । उहाँले विपत्पछि इलाममा खासै पर्यटक नभित्रिएका बताउनुभयो ।