• २३ वैशाख २०८३, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार विसं २०९२ भित्र नेपालमा कुल विद्युत् कति उत्पादन गर्ने लक्ष्य रहेको छ ? 

२८,५०० मेगावाट

मुख्य लक्ष्य :

कुल विद्युत् उत्पादन : २८,५०० मेगावाट

आन्तरिक खपत : १३,५०० मेगावाट

निर्यात लक्ष्य : १५,००० मेगावाट

प्रतिव्यक्ति ऊर्जा खपत : १,५०० किलोवाट/आवर (हाल ४५० युनिट)

प्रमुख जलविद्युत् आयोजना (१० वर्षभित्र सम्पन्न गर्ने) :

बुढीगण्डकी : १,२०० सय मेगावाट 

अप्पर अरुण : १,०६१ मेगावाट

दुधकोशी : ६७० मेगावाट

अन्यसहित कुल १५ वटा मुख्य आयोजना

सौर्य ऊर्जा :

आगामी दुई वर्षभित्र विद्युत् प्राधिकरणबाट १,००० मेगावाटभन्दा बढी ।

१० वर्षभित्र निजी क्षेत्रसहित कुल १४,००० मेगावाटको लक्ष्य ।

पूर्वाधार विकास :

प्रसारण लाइन : अन्तरदेशीयसहित थप २४ वटा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने ।

सबस्टेसन क्षमता : आगामी १० वर्षमा ४०,००० एमभिए पु¥याउने ।

प्रमुख प्रसारण लाइन : ढल्केवर–मुजफ्फरपुर, बुटवल–गोरखपुर, चिलिमे हब–केरुङ  (चीनतर्फ) ।


२. म्याराथन इतिहासमै सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरी कीर्तिमान कायम गर्ने धावक को हुन् ? 

सेबास्टियन सावे (३१ वर्षीय, केन्या)

समय : १ घण्टा ५९ मिनेट ३० सेकेन्डमा ४२.१९५ किमी दुरी पार गरेका 

प्रतियोगिता : लन्डन म्याराथन (२६ अप्रिल २०२६)

द्वितीय : योमिफ केजेल्चा (इथियोपिया) – १:५९:४१ 

तृतीय : ज्याकब किप्लीमो (युगान्डा) – २:००:२८

महिलातर्फका विजेता : 

पहिलो : टिग्स्ट असेफा (इथियोपिया), २ घण्टा १५ मिनेट ४१ सेकेन्ड  

दोस्रो र तेस्रो स्थान : हेलेन ओबिरी (२:१५:५३) र जोयसिलिन जेप्कोसगेई (२:१५:५५), दुवै केन्याका धाविका 


३. नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

२५.२ प्रतिशत

वर्तमान आर्थिक अवस्था 

आर्थिक वृद्धि : पछिल्लो एक दशकको वार्षिक औसत वृद्धिदर ४.२ प्रतिशत मात्र 

लगानीमा गिरावट : कुल लगानी जिडिपीको ३९.५ प्रतिशतबाट घटेर २८.१ प्रतिशतमा सीमित । निजी क्षेत्रको लगानी पनि १९.६ प्रतिशतबाट १४.७ प्रतिशतमा ओर्लिएको 

बेरोजगारी दर : समग्र बेरोजगारी दर १२.६ प्रतिशत र युवा बेरोजगारी दर २२.७ प्रतिशत रहेको । (आव २०८१÷८२ मा मात्र आठ लाख ३९ हजारले वैदेशिक श्रम स्वीकृति लिएका) 

जिडिपीमा क्षेत्रगत योगदान

कृषि : २५.२ प्रतिशत 

सेवा क्षेत्र : ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको 

उद्योग : १४.१ प्रतिशतबाट घटेर १२.८ प्रतिशतमा झरेको 

विद्युत् पहुँच : एक दशकमा विद्युत् उत्पादन ८२९ मेगावाटबाट ३,३८० मेगावाट पुगेको 

रेमिट्यान्स : कुल विप्रेषणको योगदान २७.४ प्रतिशत रहेको 


४. विसं २०८३ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो ? 

२५७० औँ 

इपू ५६३ मा रुपन्देहीको लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन राजा शुद्धोधन र माता मायादेवीको सन्तानका रूपमा सिद्धार्थ गौतमको जन्म भएको, 

दरबारिया सुखसयल त्यागेर कठोर तपस्यापश्चात् ३५ वर्षको उमेरमा भारतको बोधगयामा (वैशाख पूर्णिमाकै दिन) उहाँले ‘बुद्धत्व’ प्राप्त गर्नुभएको, 

‘चार आर्य सत्य’ (दु:ख, दु:खको कारण, दु:खको निवारण र निवारणको मार्ग) तथा ‘अष्टाङ्गिक मार्ग’ को प्रतिपादन गर्दै विश्वभर अहिंसा, करुणा र शान्तिको सन्देश फैलाउनु उहाँको अमूल्य योगदान हो ।

आजीवन मानवकल्याण र शान्तिको मार्गमा समर्पित रहेर ८० वर्षको उमेरमा भारतको कुशीनगरमा इपू ४८३ वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले महापरिनिर्वाण 

प्राप्त गर्नुभएको ।


५. प्रज्ञा पुरस्कार २०८२ (समालोचना विधातर्फ) कसलाई प्रदान गरियो ? 

प्राडा अभि सुवेदी 

प्रज्ञा पुरस्कार–२०८२ (राशि : जनही रु. एक लाख) 

समालोचना : प्राडा अभि सुवेदी

दर्शन : ईश्वरचन्द्र ज्ञवाली

गद्य साहित्य : आहुति

पद्य साहित्य : शैलेन्द्र साकार

भाषा : प्रा. मुकुन्दशरण उपाध्याय

सामाजिक शास्त्र : डा. डम्बर चेम्जोङ

संस्कृति : प्राडा सोमप्रसाद खतिवडा

बालसाहित्य : सुशीला प्रधानाङ्ग

अनुवाद : डा. सर्वोत्तम श्रेष्ठ

अन्तर्देशीय : नरेश काङमाङ राई (बेलायत)

मातृभाषा (हिमाली पहाडी) : बुद्ध योन्जन

मातृभाषा (मैथिली) : अमरेन्द्र यादव 

प्रज्ञा प्रादेशिक पुरस्कार–२०८२ (राशि : जनही रु. ५० हजार)

१. कोशी : मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्वाङ)

२. मधेश : मुना चौधरी

३. बागमती : शान्तिप्रिय वन्दना

४. गण्डकी : अनिल श्रेष्ठ

५. लुम्बिनी : क्षितिज मगर

६. कर्णाली : रमानन्द आचार्य

७. सुदूरपश्चिम : कर्ण दयाल ‘सोडारी’


६. नेपाल सरकारले विसं २०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारीको सम्पत्ति छानबिन गर्न कसको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ?

सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी 

आयोग गठन : विसं २०८३ वैशाख २ 

सरकारले पहिलो चरणमा २०६२÷६३ देखि हाल (२०८२÷८३) सम्मका र दोस्रो चरणमा २०४६ देखि २०६१÷६२ सम्मका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिको सम्पत्ति विवरण प्रमाणीकरण र छानबिन गर्ने लक्ष्य राखेको, 

पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित छ सदस्यीय आयोगमा पूर्वन्यायाधीश, पूर्वडिआइजी र चार्टर्ड एकाउन्टेन्ट विज्ञहरू समावेश । यो आयोग सरकारको शासकीय सुधार कार्यसूचीबमोजिम गठन गरिएको,

‘जेनजी’ आन्दोलनमा भएको दमन र त्रुटिबारे छानबिन गर्न पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा अर्को छुट्टै तीन सदस्यीय समिति (२०८३ वैशाख २) बनाइएको छ, जसले कारबाही सिफारिस भएका सुरक्षा अधिकारीको हकमा थप अनुसन्धान गर्ने छ ।


७. नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुमा आयोजित कार्यक्रममा योगेश्वर वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?

पूर्ण ओली (रुकुम)

त्यसै गरी ग्रेगरी कलासंस्कृति पुरस्कार सोलुखुम्बुका मनुहाङ किराँतीलाई प्रदान गरिएको, 

मुलुकका विभिन्न जिल्लामा पुगेर बर्सेनि गरिँदै आएको कला साहित्य यात्रा यसपटक (१९ औँ संस्करण) सोलुखुम्बुको सल्लेरीमा आयोजना (२०८२ चैत) भएको । 


८. टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा ९ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन् ?

लाउरा कार्डोसो (ब्राजिलकी महिला क्रिकेटर)

२१ वर्षीय लाउरा कार्डोसोले लेसोथोविरुद्धको खेलमा ९ विकेट लिँदै टी–२० अन्तर्राष्ट्रिय (पुरुष र महिला दुवैतर्फ) ९ विकेट लिने विश्वकै पहिलो बलर बनेकी, 

उनले मात्र ३ ओभर बलिङ गर्दै ४ रन खर्चिएर ९ विकेट हात पारेकी थिइन्, जसले गर्दा विपक्षी टोली लेसोथो १३ रनमै समेटिएको, 

यसअघि सन् २०२५ मा भुटानका सोनाम येसीले म्यानमारविरुद्ध ७ रन दिएर ८ विकेट लिएको कीर्तिमानलाई लाउराले पछि पारेकी, 

महिलातर्फको रेकर्डमा कार्डोसोले सन् २०२४ मा ७ विकेट लिएकी इन्डोनेसियाकी रोहमालियाको बलिङ रेकर्डलाई तोडेर नयाँ उचाइ कायम गरेकी । 


९. सन् २०२६ मार्चमा अस्ट्रेलियामा सम्पन्न एएफसी महिला एसियन कपको उपाधि विजेता टोली कुन हो ? 

जापान 

आयोजना मिति : सन् २०२६ मार्च १–२१

सहभागी टोली : १२

बेस्ट प्लेयर : अलन्ना केन्नेडी (अस्ट्रेलिया)

बेस्ट गोलकिप्पर : आयका यामासिता (जापान)

बेस्ट गोलकिप्पर : आयका यामासिता (जापान)

फेयरप्ले अवार्ड : जापान 

जापानले आयोजक अस्ट्रेलियालाई १–० गोल अन्तरले हराउँदै तेस्रो पटक एएफसी महिला एसियन कपको उपाधि चुमेको । रोचक कुरा के छ भने जापानले जितेका तिनै वटा फाइनलमा अस्ट्रेलियालाई नै समान १–० को नतिजामा पराजित गरेको ।


१०. ‘रन फर नेपाल’ नाराका साथ सन् २०२६ अप्रिलमा सम्पन्न १४ औँ कान्तिपुर हाफ म्याराथनको उपाधि विजेता धावक को हुन् ? 

पुरुषतर्फ : त्रिभुवन आर्मीका राजन रोकाया र महिलातर्फ : धादिङकी सन्तोषी श्रेष्ठ, दुवै विजेताले जनही एक लाख ५० हजार रुपियाँ नगद र ट्रफी प्राप्त गरेका ।


११. बेइजिङमा आयोजित २१ किलोमिटरको हाफ म्याराथनमा चिनियाँ स्मार्ट फोन निर्माता ‘अनर’ द्वारा विकसित मानवाकृति रोबोटले कति समयमा दौड पूरा गरी मानव विश्व कीर्तिमान तोडेको छ ?

५० मिनेट २६ सेकेन्ड 

सो रोबोटले ५० मिनेट २६ सेकेन्डमा हाफ म्याराथन पूरा गर्दै युगान्डाका धावक ज्याकोब किप्लिमोको करिब ५७ मिनेटको मानव विश्व कीर्तिमानलाई तोडेको ।


१२. सरकारले जलाशययुक्त जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधि कति वर्ष कायम गर्ने निर्णय गरेको छ ? 

५० वर्ष (विसं २०८३ वैशाख)

निजी क्षेत्रलाई जलविद्युत् आयोजना निर्माणमा आकर्षित गर्ने उद्देश्यले सो निर्णय गरिएको सरकारले जनाएको । 


१३. नेपालमा राष्ट्रिय याक दिवस कहिले मनाउने गरिन्छ ? 

वैशाख ७ 

विसं २०८३ को नारा : याक (चौँरी) पालन पेसाको सम्मान : हिमाली संस्कृतिको पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान,

पहिलो याक दिवस २०८२ वैशाख ७ मा मनाइएको । 


१४. ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२६’ मा नेपाल कति औँ स्थानमा पर्न सफल भएको छ ?

८७ औँ स्थानमा (यो दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा उत्कृष्ट स्थान हो),

नेपाल ५४.८० अङ्कका साथ १८० राष्ट्रमध्ये ८७ औँ स्थानमा रहेको, 

शीर्ष स्थानमा रहेका प्रमुख पाँच राष्ट्र : नर्वे, नेदरल्यान्ड, इस्टोनिया, डेनमार्क, स्विडेन,  

अन्तिम स्थानमा रहेका पाँच राष्ट्र : इरिट्रिया, उत्तर कोरिया, चीन, इरान, साउदी अरब ।  

सार्क राष्ट्रको अवस्था : 

नेपाल : ८७ औँ 

श्रीलङ्का : १३४ औँ 

भुटान : १५० औँ 

बङ्गलादेश : १५२ औैँ 

पाकिस्तान : १५३ औँ 

भारत : १५७ औँ 

अफगानिस्तान : १७५ औँ


१५. अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ ? 

मे १ 

सन् २०२६ (१३७ औँ) को नारा : एन्स्युरिङ अ हेल्थी साइकोसोसियल वर्किङ इन्भाइरनमेन्ट,  

यो दिवस सन् १८८९ देखि मनाउन थालिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी