विकास द्वारे
काठमाडौँ, भदौ २६ गते । जेनजी आन्दोलनले अवरुद्ध भएको अन्तर्राष्ट्रिय र डोमेस्टिक उडान वातावरण सहज भएपछि खुल्दा बाहिर जाने युवा तथा यात्रुको विमानस्थलमा भिड लागेको छ ।
मुलुकको शासन व्यवस्था परिवर्तन हुने र स्वदेशमै रोजगारी पाउने विश्वास गरेका युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिदा अझै त्यो वातावरण बन्न समय लाग्ने बताएका छन् ।
काम विशेषले काठमाडौँमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुहरू गन्तव्यतर्फ जान अहिले विमानस्थलमा हतारिएको देखिन्छन् । दशैँ पनि अब नजिकैगर्दा काठमाडौँ बाहिर जाने यात्रुहरूको चाप बढ्दै गएको छ ।