ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्ण रूपमा बस्दै आएका छन् ।
नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
नवलपुरको देवचुली नगरपालिकामा दुईदिन सम्म सञ्चालन भएको घडियाल काव्य उत्सवमा वातावरण संरक्षणमा जोड दिइएको छ । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव दोस्रो संस्करण गरिएको हो ।
ज्यापु संस्कृति विकास कोषले काठमाडौं वडा नम्बर २४, हेंयपुननी, यट्खाटोलमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभएको छ ।
कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाले काप्डीखोलाको चटन फुटाएपछि पालिका सडक सञ्जालमा जोडिएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरी चौकी जीर्ण भवनबाट सञ्चालन भइरहेको छ । विगत २६ वर्षदेखि वाप्लुखामा स्थापना भएको प्रहरी चौकीको अहिलेसम्म आफ्नै भवन छैन ।
पुतलीबजार नगरपालिका ७ का ४८ वर्षीय कृष्णप्रसाद पौडेलले विदाको दिनमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट सेवा पाउँदा दंग पर्नुभएको छ ।
आज वैशाख शुक्ल पूर्णिमा, स्वर्गद्वारी महाप्रभुले यज्ञ स्थापना गरेको दिन । बाल तपस्वि नारायण गौतमले वि.सं १९५२ सालमा शुरु गर्नुभएको यज्ञ १२८ वर्ष पूरा भएको छ ।
निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । यहाँस्थित राष्ट्रिय सूचना आयोगको १६ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले सो धारणा राख्नुहुँदै सूचना विना मुलुककाे विकास सम्भव नभएकाे बताउनुभयाे ।
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ७ का एक बालकको अपहरण भएको तीन दिनपछि उद्धार गरिएको छ ।
लोपोन्मुख सुरेल समुदाय कृषि पेसामा आकर्षित हुन थालेका छन् । बाँस तथा चोयाका विभिन्न सामग्री बुन्ने परम्परागत पेसा भएका उहाँहरूको घर आगनमै सडकको पहुँच विस्तार भएपछि कृषि पेसामा आकर्षित भएका हुन् ।
चिनियाँ विशेषज्ञ समूहले नेपालमा छैंठाै पटक नि:शुल्क रूपमा माेतियाविन्दुकाे शल्यक्रिया गरेका छन् । अरनिको समाजको अगुवाइमा भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा करिब एक सय जना बिरामीले माेतियाविन्दुकाे शल्यक्रिया गरेका हुन् ।
बाजुरामा बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारको घर निर्माणको काम अलपत्र परेको छ ।