हरिनास गाउँपालिका वडा नं. ६ दग्दीमा एक दिने पशु स्वास्थ्य शिविर गरिएको छ ।
फरक क्षमता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पत्रकार मनबहादुर कठायतलाई स्कुटर हस्तान्तरण गरिएको छ ।
सर्लाहीको लालबन्दीमा गाडीको ठक्करबाट एक बेवारिसे महिलाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा लोहोर खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
ताप्लेजुङस्थित नेपाल नेत्र ज्योति सङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार अबेर सम्पन्न सङ्घको १० औँ जिल्ला अधिवेशनले राजकुमार गुरुङ सभापति रहेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्ण रूपमा बस्दै आएका छन् ।
नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
नवलपुरको देवचुली नगरपालिकामा दुईदिन सम्म सञ्चालन भएको घडियाल काव्य उत्सवमा वातावरण संरक्षणमा जोड दिइएको छ । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव दोस्रो संस्करण गरिएको हो ।
ज्यापु संस्कृति विकास कोषले काठमाडौं वडा नम्बर २४, हेंयपुननी, यट्खाटोलमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभएको छ ।
कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाले काप्डीखोलाको चटन फुटाएपछि पालिका सडक सञ्जालमा जोडिएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरी चौकी जीर्ण भवनबाट सञ्चालन भइरहेको छ । विगत २६ वर्षदेखि वाप्लुखामा स्थापना भएको प्रहरी चौकीको अहिलेसम्म आफ्नै भवन छैन ।
पुतलीबजार नगरपालिका ७ का ४८ वर्षीय कृष्णप्रसाद पौडेलले विदाको दिनमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट सेवा पाउँदा दंग पर्नुभएको छ ।
आज वैशाख शुक्ल पूर्णिमा, स्वर्गद्वारी महाप्रभुले यज्ञ स्थापना गरेको दिन । बाल तपस्वि नारायण गौतमले वि.सं १९५२ सालमा शुरु गर्नुभएको यज्ञ १२८ वर्ष पूरा भएको छ ।
निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ ।