• ११ मंसिर २०८१, मङ्गलबार

स्वर्गद्वारीमा १२८ वर्षदेखि निरन्तर यज्ञ

blog

सुजल श्रेष्ठ 

प्युठान, वैशाख २२ गते । आज वैशाख शुक्ल पूर्णिमा, स्वर्गद्वारी महाप्रभुले यज्ञ स्थापना गरेको दिन । बाल तपस्वि नारायण गौतमले वि.सं‍‍ १९५२ सालमा शुरु गर्नुभएको यज्ञ १२८ वर्ष पूरा भएको छ ।

विस्व शान्तिको कामना गर्दै उहाँले यज्ञ स्थापना गर्नुभएको स्वर्गद्वारी आश्रमका कोठारी प्रमुख वाशुदेव भट्टराईले जानकारी दिनुभयो । आजकै दिन आश्रममा रहेका व्यक्तिहरुको जिम्मेवारी हेरफेर गरिन्छ । वैशाख पूर्णिमामा लाग्ने मेलामा नेपालका विभिन्न ठाउँ र भारतको उत्तर प्रदेशबाट भक्तजन पुगेका छन् ।

स्वर्गद्वारीमा यज्ञ लगाएर पाँच पाण्डव स्वर्ग गएको किम्वदन्ती छ । स्वर्गद्वारी दर्शन गरेमा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । स्वर्गद्वारीमा करिव पाँच सय गाई छन् । यहाँ गौमाताको दर्शन समेत गरिन्छ ।

स्वर्गद्वारीमा पछिल्लो समय कालोपत्रे बाटो भएकाले भक्तजनलाई पुग्न सजिलो छ । दुहजार एक सय मिटर उचाईमा अवस्थित स्वर्गद्वारीबाट विभिन्न हिमाल हेर्न सकिन्छ ।