प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
जाजरकोटमा रुखबाट खसेर एकजना युवाको मृत्यु भएको छ । कुशे ९ जीन्ताला निवासी २८ वर्षीय अंमबहादुर सिंह घाँस काट्न रुखमा गएको बेला खसेर मृत्यु भएको छ ।
युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन्
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ ।
प्रथम काठमाडाैँ महानगर मेयर कप तथा सातौँ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०८० सुलभ माझी र सपना आलेमगरले स्वर्ण जित्नुभएको छ ।
पश्चिम नेपालका पहाडी जिल्लाको लोकप्रिय फल ‘काफल’को माग नेपालगञ्जमा अत्यधिक छ । पहाडी जिल्लाबाट काफल ल्याएर यहाँ विक्री गर्दै आएकाहरूले माग अत्यधिक रहेको जनाएका छन् ।
कालिगण्डकी गाउँपालिकाले आगलागी नियन्त्रणका सिलसिलामा घाइते भई मृत्यु भएको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
क्षत्रपाटी निःशुल्क चिकित्सालयमा डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन हुनुभएको छ । उहाँ दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
हुलाकी सडकमा पर्ने कमला नदीको धसिएको पुलको पाया पुनः निर्माण कार्य सुरु भएको छ । चैत १५ गते भौतिक निर्माण तथा यातायात मन्त्री रहेको बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षणपछि एक सातामा पुनः निर्माण कार्य सुरु हुने गरेको प्रतिबद्धता अनुसार कार्य सुरु भएको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा जिल्लाको सुरक्षा सम्बन्धी बैठक सुरु भएको छ ।
चैत–वैशाख महिना वनपाखामा ढकमक्क पुलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरू फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ ।
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना र रियल म्याड्रिडले एकपक्षीय जित निकालेको छ ।
कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीद्वारा लिखित भग्न भैरव काठमाडौंस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो ।
पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् ।