• ४ जेठ २०८१, शुक्रबार

क्योकुशिन–सेइसिन कराँतेमा माझी र आलेमगरलाई स्वर्ण

blog

काठमाडाैं, वैशाख १७ गते । प्रथम काठमाडाैँ महानगर मेयर कप तथा सातौँ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०८० सुलभ माझी र सपना आलेमगरले स्वर्ण जित्नुभएको छ ।

दुई दिने प्रतियोगितामा मधेश प्रदेशका माझीले नेपाली सेनाका अच्युत विकास गुरुङलाई र महिला खुल्ला तौलमा नेपाली सेनाका आलेमगरले बागमती प्रदेशका सुस्मा बललाई हराएर स्वर्ण हात पार्नुभएको हो ।


यस्तै, पुरुष समूहमा ५५ केजीमा नेपाली सेनाका भूपेन्द्र वली, ५० केजीमा बालकृष्ण ठाकुर (मधेस प्रदेश), ४५ केजीमा विवेक नेपाली ( बागमती ) तथा ४० केजीमा सन्तोष मर्दनिया ( बागमती )ले स्वर्ण पदक हासिल गर्नुभयो ।

यस्तै, महिलाे समूहमा ५० केजीमा सृष्टि तामाङ ( बागमती ), ४५ केजीमा नन्दीका राई ( बागमती ), ४० के.जीमा सिवानी आलेमगर ( बागमती )ले स्वर्ण पदक प्राप्त गर्नुभयो । 

काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विजयी खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

सो प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सांसद सुनिल केसीले गर्नुभएको थियो ।


सङ्घको केन्द्रीय अध्यक्ष तथा विश्व क्योकुशिन काई कराँते महासङ्घका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न तौल समूहका २०० जना खेलाडीहरूले सहभागिता जनाएका थिए ।