• २६ वैशाख २०८३, शनिबार

चित्लाङलाई बागमती गोल्डकप उपाधि

blog

बागमती गोल्डकप प्रतियोगिताको उपाधि जितेपछि चित्लाङ एफसी ।

राममणि दाहाल

मकवानपुर, वैशाख २६ गते । बागमती गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको बागमती गाउँपालिकामा आयोजना गरेको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चित्लाङ एफसी, काठमाडौँले जितेको छ । 

बागमती गाउँपालिका ४ स्थित सहिद स्मृति रङ्गशालामा शनिबार भएको फाइनल खेलमा चित्लाङ एफसीले सर्लाहीको बागमती युथ क्लबलाई पराजित गर्दै बागमती गोल्डकपको आठौँ संस्करणको उपाधि हात पारेको हो । 

चित्लाङ एफसीले बागमती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै शिल्डसहित १० लाख रुपियाँ राशिको पुरस्कार पाएको छ । 

चित्लाङ एफसीका एरोन थापा उपविजेता बनेको  बागमती युथ क्लबले पाँच लाख रुपियाँसहित पुरस्कृत भएको छ । बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानलगायतकाले पुरस्कार वितरण गर्नुभएको थियो ।