तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मत परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेकाे मतान्तर बढ्दै गएको छ ।
घर–घरमा आएर पशुलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका हुन् ।
सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजेदेखि सेवा सुरु गरेको छ ।
भाषा आयोगले लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा सिकाउन थालेपछि विगत केही समयदेखि हेमा र मनबहादुरलगायतका १२ जनाले भाषा सिक्दै आउनुभएको हाे ।
दलित उत्थान केन्द्र, अर्जुनचौपारिलाई स्याङ्जा सहयोग समाज, कतार अर्जुनचौपारि इकाईले आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा स्थापना भएको पाँच महिनामा फड्को मारेको केन्द्रलाई अर्जुनचौपारि इकाईले एक लाख एक हजार नगद सहयोग गरेको हो ।
आफन्तको श्राद्धमा गएका झापा दमक -९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरू सप्तकोशीमा नुहाउन पसेका थिए ।
कालिगण्डकी गाउँपालिका -५ मिर्मीमा रहेको कालिगण्डकी ए जलविद्युत परियोजनाको गेष्ट हाउस प्रयोग नहुने अवस्थामा पुगेको छ ।
बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धुमधामका साथ शान्ति र सद्भावको महान पर्व ईदुल फितर शनिबार मनाएका छन् ।
जातीय भेदभाव निराकरण गर्ने उद्देश्यले महाकाली मेची अभियानमा साइकल यात्रामा निस्कनु भएका महिला पत्रकारलाई कोहलपुरमा स्वागत गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक शनिबार विश्वासको मत लिँदै हुनुहुन्छ । शनिबार अल्पमतमा सरकार परेको २९ दिन पुग्छ ।
आधुनिक जीवनशैलीका कारण विस्थापित बनेको माटोको भाँडो बनाउने कामलाई यहाँका एक युवाले निरन्तरता दिनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका सबै कम्युनिष्टहरु एकताबद्ध भए मात्र देश समाजवादमा जान सकिने बताउनुभएको छ ।
झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गत भदौ २३ गते भेरी अस्पताल नेपालगञ्जको ओपिडी भवनको निर्माण अवस्थाबारे जानकारी लिन पुग्नुभएका तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्माण व्यवसायीले मङ्सिर २३ गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
पूर्वी नवलपरासीका विभिन्न वनहरूमा डढेलो लाग्ने क्रम बढ्दै छ । जिल्लाका विभिन्न वनहरूमा सुख्खा मौसम सुरु भएपछि चैतसम्ममा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो ।