बाँकेको दुर्गम मानिने राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई डुबानबाट जोगाउन वर्षा सुरु हुनुभन्दा पहिले नै राप्ती नदीमा अति जोखिममा रहेका नौ स्थानमा तटबन्ध निर्माण आवश्यक देखिएको छ ।
काठमाडाैं उपत्यकामा सोमबार पानी परिरहेको छ । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चितवन -२ को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा आचारसंहिता पालना नगरेकाको अभिलेख निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाउने र आवश्यक सतर्कता अपनाएर अगाडि बढ्ने सहमति भएपछि दिउँसो १ बजेबाट मतगणना हुने भएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ ।
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ ।
बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मत परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेकाे मतान्तर बढ्दै गएको छ ।
घर–घरमा आएर पशुलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका हुन् ।
सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजेदेखि सेवा सुरु गरेको छ ।
भाषा आयोगले लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा सिकाउन थालेपछि विगत केही समयदेखि हेमा र मनबहादुरलगायतका १२ जनाले भाषा सिक्दै आउनुभएको हाे ।
दलित उत्थान केन्द्र, अर्जुनचौपारिलाई स्याङ्जा सहयोग समाज, कतार अर्जुनचौपारि इकाईले आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा स्थापना भएको पाँच महिनामा फड्को मारेको केन्द्रलाई अर्जुनचौपारि इकाईले एक लाख एक हजार नगद सहयोग गरेको हो ।
आफन्तको श्राद्धमा गएका झापा दमक -९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरू सप्तकोशीमा नुहाउन पसेका थिए ।
कालिगण्डकी गाउँपालिका -५ मिर्मीमा रहेको कालिगण्डकी ए जलविद्युत परियोजनाको गेष्ट हाउस प्रयोग नहुने अवस्थामा पुगेको छ ।
बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धुमधामका साथ शान्ति र सद्भावको महान पर्व ईदुल फितर शनिबार मनाएका छन् ।
जातीय भेदभाव निराकरण गर्ने उद्देश्यले महाकाली मेची अभियानमा साइकल यात्रामा निस्कनु भएका महिला पत्रकारलाई कोहलपुरमा स्वागत गरिएको छ ।