पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूमा नेपाली सेनाको टोलीले पदयात्रा सुरु गरेको छ । ऐतिहासिक स्थलको संरक्षण र राष्ट्रिय एकताको सन्देशसहित सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक स्थलहरूमा पद यात्रा सुरु गरेको हो ।
बाँके जिल्लाको अति नै दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोगको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिएको छ ।
चापाकोट नगरपालिकाले भेडाबाख्रामा निःशुल्क पीपीआर खोप लगाएको छ । मान्छेमा जस्तै बाख्राहरूमा पनि ज्वरो आउने, नाकबाट सिँगान बग्ने र पखाला लाग्ने रोगबाट बचाउन पीपीआर खोप घरपालुवा भेडाबाख्रामा लगाइएको हो ।
छिमेकी भारतको सिक्किमदेखि पाँचथर घुम्न आएका एक जना युवकको भीरबाट लडेर निधन भएको छ । निधन हुनेमा ३५ वर्षीय केशव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कोरोना सङ्क्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेहरू सङ्ख्या बढ्न थालेको छ । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमित बढिरहेका छन् ।
खैबर पख्तुनख्वाको दक्षिण वजिरिस्तान जिल्लाको जरमिलान क्षेत्रमा आतङ्कवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा आठ जना मारिएका छन् ।
दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनको उपनिर्वाचनमा विगतको परिणाम दोहोरिएमा फेरि उपनिर्वाचन हुने बताउनुभएको छ ।
आत्मबल र आत्मविश्वास भए संसारमा सबै कुरा सम्भव छ । आत्मविश्वास र आत्मबलका पर्याय हुनुहुन्छ हरि बुढामगर । पूर्व गोरखा सैनिक समेत रहनुभएका उहाँका दुवै खुट्टा छैन ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका एक फरार प्रतिवादीलाई गोली भरिएका दुई थान हतियारसहित उदयपुरको वेलका नगरपालिका वडा नं. ३, टप्पु क्षेत्रबाट पक्राउ गरिएको छ ।
नेपाल एकायन कराँते सङ्घ, कंकेश्वरी शाखाको आयोजनामा छैटौँ अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
सरकारी कार्यालयमा काम गर्ने कार्यकारी तहका कर्मचारीहरूमा स्वार्थको द्वन्द्व अत्यधिक रहेको एक कार्यक्रममा सहभागीहरूले औँल्याएका छन् ।
मोरङ रङ्गेली विराटनगर सडक खण्ड अन्तर्गत रङ्गेली ४ स्थित आमतोला चोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना सामान्य घाइते भएका छन् ।
देशभर कृत्रिम पोखरी र ताल बनाएर पर्यटक आकर्षित गरिएको बेला मोरङको सुनवर्षी नगरपालिका –१ केचनाको कमलपोखरी सुकेको छ । अहिले सुकेको ऐतिहासिक पोखरीमा पशुचौपाया चरिरहेका छन् ।
बागलुङको काठेखोला गाउँपालिका –५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ ।