सर्लाहीका किसानले बालीनालीको सुरक्षाको लागि आफ्नो खेतबारीमा थापेको विद्युतीय धराप (करेन्ट) मा परेर वन्यजन्तु मर्न थालेका छन् ।
सुस्त मनस्थिति भएकी २४ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका २५ वर्षीय एक व्यक्तिलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ ।
ताप्लेजुङस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका आफ्ना सदस्यका आफन्तलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ ।
सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।
बैतडीमा मङ्गलबार राति भएको जिप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन् ।
पश्चिम नेपालको मुख्य ट्रान्जिटको रूपमा रहेको कोहलपुरमा काठमाडौंको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावरको निर्माण सम्पन्न भएको छ ।
खुला सिमानाको लाभ उठाउँदै नेपालका महिला तथा बालबालिकालाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्याउने कार्य निरन्तर जारी छ ।
नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाकाे आयाेजनामा छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सञ्चालन हुने भएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले पहिलो पटक पालिका भित्रका सबै विद्यालयको कक्षा ३, ५ र ८ को लिखित परीक्षा लिएकोमा नतिजा अत्यन्त कमजोर देखिएको छ ।
सरकारले चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीदेखि नयाँबसपार्क हुँदै वसुन्धरासम्मको सडक विस्तार गर्न थाले पनि कतिपय लामो दूरीका बस भने अझै पनि चक्रपथको मुख्य सडकबाटै गुड्दै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गर्नुभएको छ ।
महोत्तरी जिल्लाको लोहारपट्टीमा काम गरेको ज्याला माग गर्ने एक मजदुरलाई चोरी गरेको आरोप लगाउँदै अमानवीय व्यवहार गरेका एक ठेकेदारलाई पक्राउ परेका छन् ।
आगामी २०८० सालको शैक्षिक सत्रदेखि कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिन नपाइने व्यवस्था गरिए पनि उपत्यकाका कतिपय विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका न्यायिक समितिको भूमिका सबल बनाउन काठमाडौं विश्वविद्यालयले सहकार्य गर्ने भएको छ ।
नयाँ वर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ ।