अर्जुनचौपारी गाउँपालिकाले पहिलो पटक पालिका भित्रका सबै विद्यालयको कक्षा ३, ५ र ८ को लिखित परीक्षा लिएकोमा नतिजा अत्यन्त कमजोर देखिएको छ ।
सरकारले चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीदेखि नयाँबसपार्क हुँदै वसुन्धरासम्मको सडक विस्तार गर्न थाले पनि कतिपय लामो दूरीका बस भने अझै पनि चक्रपथको मुख्य सडकबाटै गुड्दै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गर्नुभएको छ ।
महोत्तरी जिल्लाको लोहारपट्टीमा काम गरेको ज्याला माग गर्ने एक मजदुरलाई चोरी गरेको आरोप लगाउँदै अमानवीय व्यवहार गरेका एक ठेकेदारलाई पक्राउ परेका छन् ।
आगामी २०८० सालको शैक्षिक सत्रदेखि कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिन नपाइने व्यवस्था गरिए पनि उपत्यकाका कतिपय विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका न्यायिक समितिको भूमिका सबल बनाउन काठमाडौं विश्वविद्यालयले सहकार्य गर्ने भएको छ ।
नयाँ वर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ ।
मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले समाजमा विज्ञापनले झन्डु बामको काम गर्ने हुँदा यसलाई हाबी हुन नदिन नियमन गरेर लैजानु पर्ने बताउनुभयो ।
बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षासम्बन्धी ऐन ल्याएको लामो समयपछि प्रदेश उच्च शिक्षा नियमावली २०७९ ल्याएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कपिलवस्तुको प्राचीन तिलौराकोट भ्रमण गर्नुभएको छ । तिलौराकोट राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक संरचना बनाउने तयारी रहेको बताउनुभएको छ ।
मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको हो ।
मधेश प्रदेश सभाको पहिलो अधिवेशनको आठौं बैठक सोमबार बसेको छ । बैठकले गठित उच्चस्तरीय संसदीय छानविन समितिको अगामी वैशाख मसान्तसम्म म्याद थप गरिएको छ । साथै, सभाको बैठकमा प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक पेश गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।
सुनसरीको गढीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले सासु बुहारी सम्बन्ध सुधारका लागि छुट्टै कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्केट (बिस्काः) जात्रा सोमबार बिहानबाट सुरु भएको हो ।