• १९ असार २०८१, बुधबार

वित्तीय संस्थाद्वारा मृत्युदाबी रकम प्रदान

blog

मृतकका आफन्तलाई बीमा रकम हस्तान्तरण गर्दै शाखा प्रवन्धक सुदीप पोखरेल ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३० गते । ताप्लेजुङस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका आफ्ना सदस्यका आफन्तलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ । संस्थाको सदस्य भएर आर्थिक कारोबार गर्दै आउनुभएकी फुङ्लिङ नगरपालिका–८ की ५० वर्षीया देउमाया लिम्बूको मृत्युपछि आफन्तलाई एक लाख ४० हजार रुपियाँ बराबरको मृत्युदाबी रकम प्रदान गरेको हो । 


संस्थाका फुङ्लिङ शाखा प्रबन्धक सुदीप पोखरेलका अनुसार मृतक सदस्य देउमायाकी श्रीमान् जीतबहादुर पालुङ्वा लिम्बूलाई सो रकम प्रदान गरिएको हो । मृतकका आफन्तलाई रकमको चेक र समवेदनापत्र घरमै पुगेर हस्तान्तरण गरिएको शाखा प्रबन्धक पोखरेलले बताउनुभयो । 


संस्थाका अनुसार सदस्य देवीमायाको गत चैत ६ गते मृत्यु भएको थियो । संस्थासँग आर्थिक कारोबार गरेको अर्थात् कर्जा लिएको समयमा लिम्बूसँग बीमाबापत् ६४४ रुपियाँ थप रकम लिएर जीवन बीमा गरिएको थियो ।


एक लाख ४० रुपियाँ कर्जा लिएको समयमा गरिएको बीमाबापतको प्रिमियम रकम उहाँको मृत्यु भएपछि आफन्तलाई उपलब्ध गराएको संस्थाले जानकारी दिएको छ ।