म्याग्दीको धौलागिरि हिमालको आधार शिविरमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले वैशाख १० गतेको उपनिर्वाचनपछि प्रदेश सरकार पुनः गठनसँगै आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको बताउनुभयो ।
म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन छ ।
काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।
रारा घुम्न चाहनेहरुका लागि उपयुक्त याम सुरु भएको छ । याम सूरु भएदेखि रारा पुग्नेहरुको चाप उल्लेख्य बढेको छ । तर पर्यटकीय पूर्वाधारहरुको अभावमा प्रायः यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गर्नुभएको छ ।
सदियौँ वर्षदेखि भेरी नदीमा चाङ लागेको फोहोर नगरपालिकाको सक्रियतामा उठाउने कार्यको थालनी गरिएको छ ।
नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती समस्या समाधानका लागि सरोकारवाला निकायहरूले समन्वय गर्ने बताएका छन् ।
दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन् ।
ठूलो परिणाममा लागु औषध गाँजासहित चितवन प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
बागलुङमा एकै पटक ४२८ जना स्थायी शिक्षक नियुक्त भएका छन् । शिक्षा सेवा आयोगको परीक्षाबाट उतीर्ण भएका शिक्षकहरूलाई समन्वय इकाईले नियुक्त पत्र प्रदान गर्दै कार्य क्षेत्रमा खटाएको हो ।
धनुषाको धनुषाधाम नगरपालिका–४ सर्साका ४१ वर्षीय अशोक ठाकुर गरिब परिवारमा जन्मिएका एक फरक क्षमता भएका (अपाङ्गता) व्यक्ति हुनुहुन्छ । प्रायः अपाङ्गता भएका व्यक्ति अरूको सहरामा बाँच्ने गरेको भए पनि उहाँ आत्मसम्मानका साथ जिउन दैनिक १२ घण्टा एक पेट्रोल पम्ममा काम गर्नुहुन्छ ।
गोल्याण समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ ।
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।