• ११ मंसिर २०८१, मङ्गलबार

प्रहरीसँगको झडपमा कराँचीमा तीन जनाको मृत्यु

blog

इस्लामावाद,  चैत २५ गते । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै सहरभरि नियमित गस्तीका क्रममा दुई वटा मोटरसाइकलमा सवार शङ्कास्पद तीन जनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ ।     

मारिएका अपराधीहरूको पहिचान भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहरमा लुटपाटका घटना बढेसँगै स्थानीय कानुन प्रवर्तन निकायले सडक अपराधीविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ । यसैगरी शनिबार बिहानै प्रहरीले सहरका विभिन्न क्षेत्रमा अपरेसन गरी पाँच जना शङ्कास्पदलाई पक्राउ गरेको पनि जनाएको छ ।  (रासस-सिन्ह्वा)