राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको दाबी गर्नुभएको छ ।
लुम्बिनीमा दानबापत सङ्कलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ ।
नेपाली सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूको भ्रमण गर्ने भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बुधबार नेमधारी वासुदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
ताप्लेजुङस्थित चीनसँग सीमा जोडिएको टिपताला नाका खुलाउनमा सहजीकरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
समयमै विद्युत महसुल नबुझाउने ५३३ ग्राहकको नेपाल विद्युत प्राधिकरण स्याङ्जाले लाइन कटान गरेको छ ।
पछिल्लो चार दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
नेपालमा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएसँगै भारतबाट फर्किनेहरूमा कोभिड सङ्क्रमण भेटिन थालेपछि नियन्त्रणका लागि नेपालगञ्जमा बुस्टर डोजको खोप दिन सुरु गरिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
पूर्वी जेरुसेलमको पुरानो सहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।
पोखरास्थित इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतबार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो ।
कैलालीको धनगढी उपमहानगरपालिका –१३ राजपुरमा ५० शैय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ ।
अपेक्षा अनुरूप अन्तर्राष्ट्रिय उडान नभएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान नबनेको छ ।
मकवानपुरको मार्खुस्थित इन्द्रसरोवर तालमा हाम्फालेर एक युवक बेपत्ता भएका छन् । काठमाडौँको छैमलेबाट घुम्न आएका ३३ वर्षीय राजकुमार सुवेदी काठले बनेको डुङ्गामा चढेर तालमा घुम्ने क्रममा हाम्फालेर बेपत्ता भएका हुन् ।