उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन पुरानो गठबन्धन बनेको बताउनुभएको छ । शनिबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँके जिल्लामा निर्माण गरेको सोलार परियोजनाबाट १० मेगावाट विद्युत उत्पादन गरेको छ ।
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ । दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ ।
ताप्लेजुङमा बिहीबार परम्परागत टपरी बनाउने प्रतिस्पर्धा भएको छ । दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्ग्यानिक महोत्सवको अवसरमा पातको टपरी बनाउने प्रतिस्पर्धा गराइएको हो ।
तराईमा गर्मी सुरु हुँदै गर्दा सर्प उद्धारकर्ता सारु कान्छाको दैनिकी पनि फेरिँदै गएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका ३ दास टोलका २२ वर्षीय एक युवकले विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् ।
नेपाल स्वास्थ्य शिक्षा संघले १५ औँ साधारण सभाकाे अवसरमा आयोजित राष्ट्रिय कार्यशाला गाेष्ठी सम्पन्न गरेकाे छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको दाबी गर्नुभएको छ ।
लुम्बिनीमा दानबापत सङ्कलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ ।
नेपाली सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूको भ्रमण गर्ने भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बुधबार नेमधारी वासुदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
ताप्लेजुङस्थित चीनसँग सीमा जोडिएको टिपताला नाका खुलाउनमा सहजीकरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
समयमै विद्युत महसुल नबुझाउने ५३३ ग्राहकको नेपाल विद्युत प्राधिकरण स्याङ्जाले लाइन कटान गरेको छ ।
पछिल्लो चार दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।