प्रतिनिधिसभा सदस्य सुवर्ण ज्वारचनले महिलालाई गलत दृष्टिले हेर्नेका आँखा झिक्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ। शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुनुहुँदै उहाँले यस्तो प्रस्ताव अगाडि सार्नुभएको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा जेठ २० देखि २५ गतेसम्म आयोजना हुने आर्ईसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलका लागि नेपाली अन्तिम टोलीको घोषणा गरेको छ ।
काठमाडौं,जेठ १४ गते। गृह मन्त्रालयले रोल्पामा एक बन्दीले गरेको आत्महत्या घटनाको छानबिनका लागि समिति बनाएको छ। गत जेठ ४ गते कारागार कार्यालय रोल्पामा बन्दी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो। शनिबार गृह मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै छानबिन समिति बनाएको जानकारी गराएको हो। गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो।समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ। समितिले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य उजागर हुने विज्ञप्तिमा उल्लेख छ। गृहमन्त्रालयले यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ।
प्रतिनिधसभा सदस्य मीनबहादुर विश्वकर्माले उत्पादनमा आधारित अर्थतन्त्रलाई यस नीति तथा कार्यक्रमले समेटेकोे बताउनुभएको छ।
काठमाडौँ, जेठ १४ गते। स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ। नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ। करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा ९एमाले०ले एक्लै निर्वाचन जित्ने दाबीका बीच सम्पन्न निर्वाचन परिणाम बढी चर्चित छ। नेपालको सङ्घीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मङ्सिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनि प्राप्त स्थानीय निर्वाचनको जोड घटाउको चर्चा चुलिएको हो। यस निर्वाचनमा राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि निर्वाचन परिणामलाई रोचक बनाइदिएको छ। स्थानीय तह निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको काम गरी विशेषतः दुई मान्यता स्थापित गर्न खोजेको देखियो। राजधानी काठमाडौँमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौँ महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्रनारायण साहलाई विजयी गराएका छन्। यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलका विगतका महानगरका नेतृत्वले दिन नसकेका परिणामको नतिजा हो। काठमाडौँ महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले ६५ वर्षीय चिरिबाबु महर्जनलाई पुनः चुनेका छन्। राजधानी बाहिर धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले परम्परागत दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन्। यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रुपमा लिन सकिन्छ। हालसम्म प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ। कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ। कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन्। यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। विसं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन्। एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन्। कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्य ९७३ र वडा सदस्यमा एक हजार ८०६ निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ निर्वाचित भएको आयोगले जनाएको छ। यस्तै ६ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा करिब एक लाख ४५ हजारले उम्मेदवारी दिएका थिए। रासस
ललितपुरको धापाखेल क्षेत्रमा गरिएको टनेल खेती । पछिल्लो समय काठमाडौं तथा आसपासका क्षेत्रमा खेतियोग्य जमिन मासिँदै गएपछि सानो क्षेत्रफलमा टनेल खेती फस्टाउदै आइरहेको छ ।
नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व जुनियर वरियतामा सातौं स्थानमा झर्नुभएको छ । यसअघि शीर्षस्थानमा रहनुभएका प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेका नयाँ वरीयताएकै पटक सातौं स्थानमा झर्नुभएको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले उद्यम गर्न चाहानेलाई सहयोग गर्ने भएको छ । घरेलु उद्यम सञ्चालन गरी आत्मनिर्भर बन्ने चाहाने किसानलाई नगरपालिकाले सहयोग गर्ने जनाएको हो ।
पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
लमजुङका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक अभाव भएको छ । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएपनि हालसम्म विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न जाने नेपाली टोलीको विदाइ गरेको छ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका र ठाटिकाँध गाउँपालिकाबाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा नमुना झोलुङ्गे पुल निर्माणको चरणमा रहेका छन् ।
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटमने फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।
सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ ।
एएफसी एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) राति टिमोर लिस्टेसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले कतारको दोहामा टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।