औषधि सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् ।
बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको ३७ किलोमिटर नहर निर्माण कार्य सम्पन्न गरी पानी छोडिएको छ ।
बैतडीको देहिमाडौं–गिरेगाडा सडकखण्डको पञ्चेश्वर–५, तिलपुरको भिटामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जुगल गाउँपालिका वडा नम्बर २ र ३ मा निर्माण हुने ३५ दशमलव ४७ मेगावाटको ब्रम्हायणी जलविद्युत आयोजना र १५ दशमलव १५ मेगावाटको अप्पर ब्रम्हायणी जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित भएको छ ।
नेपाली सेनाको टोलीले ऐतिहासिक स्थल बल्ढेङ्गढीको अध्ययन भ्रमण तथा सरसफाइ गरेको छ । सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवा अधिकृत ८४ जनासहित १०५ जनाको समूहले पाल्पाको ऐतिहासिक बल्ढेङ्गढीको अध्ययन भ्रमण गरेका हुन् ।
सप्तरीको बोदेबर्साईन नगरपालिका –३ सारसर पुर्बारी टोलस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको हो ।
प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहने बत्ताउनुभएको छ ।
नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामबाट पछि हटेको छ ।
प्रतिनिधि सभाकी सांसद मञ्जु शर्मा (अन्सारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान बत्ताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीसँग कुराकानी गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडित बसेको स्थानमा पुग्नुभएको छ । उहाँ त्यहाँ मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणको लागि चिकित्सकसहित भेट्न जानुभएको हो ।