चौथो बर्दिबास महोत्सव २०७९ सम्पन्न भएको छ । ‘उद्योग व्यवसाय र कलाको विकाश गरौँ, साहित्य संस्कृतिको संरक्षण गरौँ’ भन्ने मूल नारासाथ चैत ३ गतेदेखि सुरु भएको महोत्सव चैत १६ गते समापन भएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको विश्वासको मत स्पष्ट पार्नुहुने भएको छ । मुख्यमन्त्री भइसकेपछि उहाँले चैत १७ गते दोस्रो पटक विश्वासका मत लिनुहुने भएको हो ।
देशभर शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत रुकुम पश्चिममा सम्पूर्ण तयारी पुरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले परीक्षाको तयारी पुरा भएको जानकारी दिएको छ ।
भारतको विभिन्न राज्यमा केही समय यता कोरोना सङ्क्रमण बढे पनि सीमा नाकामा सतर्कता अपनाइएको छैन ।
कोशी प्रदेश नामाकरण गरेपछि सुरु भएको आन्दोलनप्रति ताप्लेजुङका जातीय संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ लोखरमका एक जना वृद्धको साइकलबाट लडेर मृत्यु भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताउनुभएको छ ।
पश्चिम नेपालका तीन प्रदेशका बिरामीका लाग रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ ।
लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न खिजिदेम्बा गाउँपालिकाले माग गरेको छ । खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेर सहमतिअनुसार काम गर्न आग्रह गरेको हो ।
नेपालमा मातृ मृत्युदर घटेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार नेपालमा एक लाख जीवित जन्ममा मातृ मृत्यु घटेर १५१ मा झरेको हो ।
पूर्वी नवलपरासीको होमस्टेहरू पर्यटन प्रवर्द्धन र जातीय परम्पराका कारण विकासको बलियो आधारको रूपमा अगाडि बढेका छन् ।
कोशी प्रदेश पुनः नामाङ्कन संंयुक्त संघर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेललाई अभद्र व्यवहार गरेका छन् ।
नयाँ वर्षको दिन धनगढीमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुन गर्न लागेको छ। नयाँ वर्षको दिन धनगढीमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुन गर्न लागेको छ।
नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्र ज्योति सङ्घको स्थापना दिवसको अवसरमा ताप्लेजुङका सञ्चारकर्मीहरूको आँखा परीक्षण गरिएको छ ।
स्याङ्जाका ९० प्रतिशत घरपरिवारले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ८९ दशमलव ५ प्रतिशत नागरिकले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएको पाइएको हो ।