सप्तरीको राजविराज भन्सार कार्यालयले आ.व. २०७९/०८० को आठ महिनामा दुई करोड ८२ लाख बराबरको राजस्व सङ्कलन गरेको छ ।
बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।
नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ ।
चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् ।
जिल्ला अदालतले डेढ वर्षअघि शिक्षकको हत्या गरेको कसुरमा गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई जन्मकैद गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेकाे बताउनुभएकाे छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जिल्लामा सम्मान गरिएको छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताउनुभएको छ ।
क्रिकेटर करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित हुनुभएका छन् । बागलुङ नगरपालिकाले बुधबार राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मानित गरेको हो ।
ताप्लेजुङमा भीरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङका ६७ वर्षीय खड्कप्रसाद लिम्बूको मृत्यु भएको हो ।
पाकिस्तानको हवेलियनको लाङ्ग्रा गाउँमा प्रतिद्वन्द्वी समूहले पाकिस्तान तेहरिक–ए इन्साफ ९पिटिआई० लक्षित आक्रमणमा एक जना स्थानीय नेतासहित १० जना मारिएका छन् ।
तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको हो ।
तामाकोसी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । सात वटा वडा रहेका पालिकाका सबै वडा र एउटा अस्पतालमा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।
पेट्रोलमा मिसावट गरी बिक्री वितरण गर्ने पुतलीबजार ३ मजुवाको नेपाल आयल नेपाल पेट्रोल्यूव सप्लायर्स प्रालिलाई जरिवाना गरिएको छ । पेट्रोलमा मिसावट गरी बिक्री गर्ने सञ्चालक तथा कर्मचारीलाई जरिवाना र पेट्रोल नष्ट गरिएको हो ।
लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोज्नुभएको छ ।