नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताउनु भएको छ ।
भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ सुरु गरेको छ ।
रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको विषयमा थप तनाव सिर्जना भएको छ ।
कलाकार दम्पती ईशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउन अग्रसरता लिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ ।
भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरासहित आन्दोलन गरेका छन् ।
नेपालमै पहिलो पटक नेपाल फोटोग्राफी समिट आगामी चैत २२ र २३ गते नेपालगञ्जमा आयोजना गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने सो फोटोग्राफी समिटमा देशभरबाट छानिएका १११ जना फोटो पत्रकार र फोटोग्राफीमा स्वतन्त्र ढंगले सक्रिय रहेकाहरुको सहभागी हुनेछन् ।
तानसेन नगरपालिकाले पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा पार्नका लागि दरबार परिसरका ५७ घर टहराहरु हटाउने निर्णय गरेको छ । कार्यपालिकाको नवौं बैठकबाट दरबारको क्षत्रमा भएका घर टहरा भत्काइने निर्णय भएको हो ।
बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको छ । शिवनाथ–२, जोलापानी बस्कोटी बस्तीका गाई, गोरुमा ‘लुम्पी स्किन डिजिज भाईरल’ रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमखु प्रकाशसिंह साउदले जानकारी दिनुभयो ।
म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।
सप्तरीसहित मधेश–तराईका जिल्लामा यस वर्ष चैत सुरु हुँदै अत्यधिक गर्मी हुन थालेको छ । गएको भदौदेखि वर्षा नभएपछि यस क्षेत्रमा गर्मी हुन थालेको हो ।
उपराष्ट्रपति पदको लागि चैत ३ गते हुन गइरहेको निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ ।
दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् ।