• १६ चैत २०८०, शुक्रबार

स्ववियु सभापतिको लागि जुम्लामा पाँच प्रतिस्पर्धी

blog

नेत्र शाही

जुम्ला, चैत ४ गते । चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसले सबै तयारी पूरा गरेको छ ।  

जुम्लाको खलङ्गामा अवस्थित जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओमप्रकाश आचार्यका अनुसार निर्वाचनका लागि क्याम्पस सहायक प्रमुख प्रकाश चन्द्र खत्रीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरी काम भइरहेको जानकारी दिनुभयो । 

स्ववियु निर्वाचन समितिका संयोजक प्रकाशचन्द्र खत्रीकाअनुसार स्ववियु निर्वाचनमा अहिले विभिन्न आठ वटा विद्यार्थी सङ्गठन भिड्ने छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ, अनेरास्ववियू, समाजवादी, नेक्राविसं, अखिल क्रान्तिकारी (विप्लव सी) र स्वतन्त्र विद्यार्थी समूह रहेका छन् । सभापति पदको लागि पाँच जना प्रतिस्पर्धीहरू मैदानमा भिड्दैछन् ।

अखिल क्रान्तिकारी संयुक्तबाट विष्णुबहादुर भण्डारी, नेविसंघकाबाट महेश हमाल, अनेरास्ववियुबाट लोकेन्द्र बुढा, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीबाट हरि थापा र  अखिल क्रान्तिकारी (विप्लव सी) का रमेश रावत सभापति पदका उम्मेदवार छन् ।