भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरासहित आन्दोलन गरेका छन् ।
नेपालमै पहिलो पटक नेपाल फोटोग्राफी समिट आगामी चैत २२ र २३ गते नेपालगञ्जमा आयोजना गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने सो फोटोग्राफी समिटमा देशभरबाट छानिएका १११ जना फोटो पत्रकार र फोटोग्राफीमा स्वतन्त्र ढंगले सक्रिय रहेकाहरुको सहभागी हुनेछन् ।
तानसेन नगरपालिकाले पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा पार्नका लागि दरबार परिसरका ५७ घर टहराहरु हटाउने निर्णय गरेको छ । कार्यपालिकाको नवौं बैठकबाट दरबारको क्षत्रमा भएका घर टहरा भत्काइने निर्णय भएको हो ।
बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको छ । शिवनाथ–२, जोलापानी बस्कोटी बस्तीका गाई, गोरुमा ‘लुम्पी स्किन डिजिज भाईरल’ रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमखु प्रकाशसिंह साउदले जानकारी दिनुभयो ।
म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।
सप्तरीसहित मधेश–तराईका जिल्लामा यस वर्ष चैत सुरु हुँदै अत्यधिक गर्मी हुन थालेको छ । गएको भदौदेखि वर्षा नभएपछि यस क्षेत्रमा गर्मी हुन थालेको हो ।
उपराष्ट्रपति पदको लागि चैत ३ गते हुन गइरहेको निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ ।
दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् ।
सरकारसँग देशभर ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार देशभरका साना ठूला ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका हुन् ।
पचभैयामा ट्रि–हाउस बनाउनका लागि पर्यटन सम्भावनाका विषयमा छलफल हुँदै गर्दा तलपट्टि एउटा प्वाल भएको जानकारी पाएको विष्टले बताउनुभयो । जानकारी पाएलगत्तै स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा स्थानीयहरु प्वालभित्र जाँदा गुफा भेटिएको हो ।
सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट कर्मचारी र किसानलाई सम्मान गरेको छ । पालिकाको छैटौं स्थापना दिवसको अवसरमा गाउँपालिकाले दुई कर्मचारी र चारजना किसानलाई नगदसहित सम्मान गरेको हो ।
पाँच महिनासम्म बाढी पहिरोले विस्थापित पीडितकाे व्यवस्थापन नहुँदा पालमा बस्न बाध्य भएका छन् । सरकारको निर्णयअनुसार कर्णालीका जिल्लालगायत मुगु जिल्ला बाढी पहिरो संकटक्षेत्र घोषणा गरे तापनि बाढी पीडितसम्म राहत रकम आइनपुगेकाले समस्यामा परेका हुन् ।
रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेका छैनन् ।
दक्षिणकाली नगरपालिका –२ ग्वालदहस्थित सडकमा बागमती प्रदेश ०१ –००३ क ८६९० नम्बरको गाडीको ठक्करबाट नुवाकोट बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय संदिप तामाङको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पताल भैंसेपाटी ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।