उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दुई हप्ताभित्रै हुलाकी सडक अन्तर्गतको कमला पुल निर्माण कार्य सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ ।
मंगल बहुमुखी क्याम्पस र मंगल माध्यमिक विद्यालयको चारदिने स्पार्टस् फेस्टा आइतबार सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ ।
आइतबार साँझदेखि रातिसम्म सङ्खुवासभाको प्रायः सबैै ठाउँहरुमा पानी परेको छ । जिल्लाको तल्लो भेगमा पानी मात्र परे पनि माथिल्लो क्षेत्रमा असिना समेत परेको छ ।
अभिनेता पल शाह उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार रिहा भएका छन् ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्राविधिक टोलीसहित धनुषा र सिरहा जोड्ने कमला पुल निरीक्षणको पुग्नुभएको छ ।
झापामा खोलामा डुबेर एक व्यक्तिकाे भएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ७ मा स्थानीय ५० वर्षीय विजय रणपहेलीको इथुङ्गे टोलनजिकै रहेको बाह्रदशी खोलामा डुबेर मृत्यु भएको हो ।
नेपालको संविधान २०७२ को भाग–६ मा राष्ट्रपति तथा उपराष्ट्रपतिको व्यवस्था गरिएको छ । संविधानको उक्त भाग अन्तर्गत धारा ६७ देखि धारा ७३ सम्ममा उपराष्ट्रपतिसम्बन्धी विभिन्न व्यवस्था छ ।
गण्डकी प्रदेशमा मात्र यस वर्ष ३ अर्बभन्दा बढीको सुन्तला बिक्री भएको छ । बजारको कुनै समस्या नभएकाले सुन्तलाबाट मनग्य आम्दानी हुँदा किसानसमेत निकै खुसी भएका छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालमा सङ्घीयता अतिआवश्यक भएकाले राज्यपुनसंरचना भएको बताउनुभएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म जनचेतना जगाउने कार्यक्रम सुरु गरिएको छ ।
बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना मन्त्रीले सरकारबाट राजीनामा दिने राजीनामा दिने तयारी गर्नुभएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका छ वर्षसम्म वडाकै भवनबाट सञ्चालन भइरहेको छ । वि.सं. २०७४ यता नगरपालिकाको प्रशासनिक भवन बनाउन सकेको छैन ।
प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित गरिरहने भए तापनि नेपालको सिमानाभित्र नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका अपरिवर्तनीय रहने कुरा बताउनुभएको छ ।
जनकपुरधाम साप्ताहिक वृहत् सरसफाइ कार्यक्रम अन्तर्गत आज जानकी मन्दिर परिसर सफाइ गरिएको छ ।