इनरुवामा नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सहितको सहयोगमा फागुन ७ गतेबाट प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९ को तयारी गरेको छ ।
उपप्रधान, भौतिक पूवार्धार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन स्थापित गर्दै सामाजिक न्यायसहित समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य कार्यभार रहेका बताउनुभएको छ । बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले मुख्यत चार वटा राष्ट्रिय कार्यभारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
सरकारी कार्यालयका प्रमुखलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्सबारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका विशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग विभाग प्रमुख प्रा. डा. निदेश सापकोटाले सोबारे जानकारी गराउनुभएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखसँग मन्त्रालयको सभाहलमा छलफल गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाले पहिलो पटक अन्तरनगर खो खो प्रतियोगिता आयोजना गर्न लागेको छ । नेपाल खो खो सङ्घ र भक्तपुर खो खो सङ्घको सहयोगमा हुन लागेको सो प्रतियोगितामा देशभरबाट १४ वटा नगरपालिकाले भाग लिएका छन् ।
नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी सुरुभएसँगै जिल्लामा पर्यटकीय गतिविधि बढ्न थालेको छ ।
झापाको मेचिनगर नगरपालिका–११ स्थित हडिया खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।
ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ ।
ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अवस्था नाजुक भएको छ ।
नेपालमा पनि बुधबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 'जीवन रक्षा तपाईँको हातमा’ नारासहित बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउन अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइएको हो ।
गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले जितेका छन् । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बाग्लुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो ।
लुम्बिनी प्रदेशको स्थापना दिवस विविध कार्यक्रमको आयोजना राप्ती उपत्यकाको देउखुरीमा सम्पन्न भएको छ ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दुस्साहस भइरहेको भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले विदेश पलायन भइरहेका दक्ष जनशक्ति नेपालमा नै रोक्न बहस हुनुपर्ने बताउनुभएको छ ।