• १२ मंसिर २०८१, बुधबार

अन्तरनगर खो खो प्रतियोगिता फागुन ५ देखि

blog

प्रतियोगिता सञ्चालन गर्नकाे लागि माघ २८ गते बसेकाे बैठक ।

भक्तपुर, माघ ४ गते । भक्तपुर नगरपालिकाले पहिलो पटक अन्तरनगर खो खो प्रतियोगिता आयोजना गर्न लागेको छ । नेपाल खो खो सङ्घ र भक्तपुर खो खो सङ्घको सहयोगमा हुन लागेको सो प्रतियोगितामा देशभरबाट १४ वटा नगरपालिकाले भाग लिएका छन् । 

शहीद दिवसको उपलक्ष्यमा फागुन ५ गतेदेखि ९ गतेसम्म हुने सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एकलाख ५० हजार, एकलाख र पचास हजार रुपियाँको पुरस्कार प्रदान गरिनेछ ।

यस्तै, सहभागी सबै नगरलाई पाँच हजार प्रदान गरिने बताइएको छ ।

सो प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गर्नुहुने भक्तपुर नगरपालिकाद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिता सञ्चालन गर्न माघ २४ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा १३५ सदस्यीय मूल समिति र ११ वटा उपसमिति गठन गरिएका थिए ।