• २१ असार २०८१, शुक्रबार

प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारी

blog

पत्रकार सम्मेलनमा कलाकारहरु । तस्विर - जयकृष्ण यादव । इनरुवा

जयकृष्ण यादव 

इनरुवा, फागुन ६ गते । इनरुवामा नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सहितको सहयोगमा फागुन ७ गतेबाट प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९ को तयारी गरेको छ । 

सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक आयोजना गर्न लागेको प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको सबै तयारी सम्पन्न भएको आयोजना नेपाल चलचित्रकर्मी महासङ्घका प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिनुभयो ।

प्रधानले शनिबार बिहान महोत्सव स्थलमै पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै महोत्सव आइतबार फागुन ७ गते देखि १७ गतेसम्म सञ्चालन हुने गरी सबै तयारी पूरा भएको जानकारी दिनुभएको छ  ।

महोत्सवलाई इनरुवा नगरपालिकाले सहयोगसहित संयोजन गरेको प्रधानले जानकारी दिनुभयो । महोत्सवमा प्रदेश १ मा बनेका १८ वटा लामो तथा छोटो फिल्महरूलाई विशेष रूपमा प्रदर्शन गरिँदैछ । जसको लागि फिल्महरू दर्ता गर्ने प्रक्रिया पूरा गरेको पत्रकार सम्मेलनमा बताउनुभयो ।

यस्तै इनरुवाको नाम उच्च राख्ने शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुहुने व्यक्तित्वहरूलाई सम्मान गरिने महासङ्घका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराउनुभयो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गर्नुहुने जनाएको छ ।