पूर्व स्वास्थ्य मन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गहिरो दुःख व्यक्त गर्नुभएकाे छ ।
जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु गएको छ । नलगाड नगरपालिका – १ का ६५ वर्षीय भद्र कामीको भीरबाट लडेर मृत्यु भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवसको अवसरमा ताप्लेजुङका विभिन्न तीन संस्था सम्मानित भएका छन् । नेपाली सेनाले प्रदान गर्ने प्रधानसेनापति सम्मानबाट तीनवटा संस्था सम्मानित भएका हुन् ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको प्रथम भएको हो ।
रुपन्देहीको सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
बाँके जिल्लाको नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायतका क्षेत्रका छ हजारभन्दा बढी परिवार ग्यास सिलिण्डर विस्फोटनको उच्च जोखिममा रहेको बताइएको छ ।
इनरुवामा नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सहितको सहयोगमा फागुन ७ गतेबाट प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९ को तयारी गरेको छ ।
उपप्रधान, भौतिक पूवार्धार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन स्थापित गर्दै सामाजिक न्यायसहित समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य कार्यभार रहेका बताउनुभएको छ । बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले मुख्यत चार वटा राष्ट्रिय कार्यभारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
सरकारी कार्यालयका प्रमुखलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्सबारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका विशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग विभाग प्रमुख प्रा. डा. निदेश सापकोटाले सोबारे जानकारी गराउनुभएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखसँग मन्त्रालयको सभाहलमा छलफल गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाले पहिलो पटक अन्तरनगर खो खो प्रतियोगिता आयोजना गर्न लागेको छ । नेपाल खो खो सङ्घ र भक्तपुर खो खो सङ्घको सहयोगमा हुन लागेको सो प्रतियोगितामा देशभरबाट १४ वटा नगरपालिकाले भाग लिएका छन् ।
नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी सुरुभएसँगै जिल्लामा पर्यटकीय गतिविधि बढ्न थालेको छ ।
झापाको मेचिनगर नगरपालिका–११ स्थित हडिया खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।
ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ ।