• ६ भदौ २०८२, शुक्रबार

प्रधानमन्त्रीद्वारा डा. श्रेष्ठको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

blog

दिवंगत डा. मधुराप्रसाद श्रेष्ठ ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, फागुन ८ गते । पूर्व स्वास्थ्य मन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गहिरो दुःख व्यक्त गर्नुभएकाे छ ।

'डा. श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा हार्दिक समवेदना प्रकट गर्दछु।' सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले ट्वीट् गर्नुभएकाे हाे

८८ वर्षीय श्रेष्ठकाे उपचारका क्रममा साेमबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हाे ।लामो समयदेखि दम र छातीको सङ्क्रमणले उहाँ थलिनुभएकाे थियाे ।

वि.सं. २०४६ मा प्रजातन्त्रको पुनर्बहालीपछि नागरिक समाजबाट उहाँ स्वास्थ्यमन्त्री बन्नुभएकाे थियाे । उहाँका ६ छोरा र एक छोरी हुनुहुन्छ । उहाँको मङ्गलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएकाे छ ।